गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रपतिबाट गतिरोध अन्त्य गर्न काँग्रेससँग आग्रह राष्ट्रपतिबाट गतिरोध अन्त्य गर्न काँग्रेससँग आग्रह पुलेसो ९ पुस, २०७८, शुक्रबार १८:०३ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान, ऐनकानून र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै वर्तमान गतिरोध अन्त्य गर्न नेपाली काँग्रेससँग आग्रह गर्नुभएको छ ।प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालगायत काँग्रेसका शीर्ष नेतासँग राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले सो आग्रह गर्नुभएको हो ।उक्त अवसरमा उहाँहरुबीच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलगायत मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिनुभयो । (रासस) तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका