Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचार७१ वर्षको उमेरमा उम्मेदवार

७१ वर्षको उमेरमा उम्मेदवार


महोत्तरीमा लामो समयदेखि राजनितीकमा सक्रिय रहेका एक ७१ बर्षिय बृद्धले वडा सदस्यको रुपमा मनोनयन दर्ता गराएका छन । वुधबार आफै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर जलेश्वर नगरपालिका वडा नं. ६ का ७१ बर्षिय रामरतन मिश्रले नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन ।

देश संघियतामा गएपछि थप गरिएका पद र मौकाले आफुलाई मनोनयन गर्ने अवसर जुडेको राम रतन मिश्रले पत्रकार समक्ष बताए ।

जितेर जनताको सेवा गर्नेलालसाले वृद्धावस्थामा समेत निर्वाचनमा सहभागि हुने ईच्छा भएको र नेपाली काँग्रेसले समेत उमेरको अन्तिम अवस्थामा आएर भएपनि वडा सदस्यको टिकट दिएको उहाले बताए ।




तपाईको प्रतिक्रिया दिनुहोस