Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रदिप पौडेलको मुद्धामा सर्वोच्चको कारण देखाउ आदेश

प्रदिप पौडेलको मुद्धामा सर्वोच्चको कारण देखाउ आदेश


सर्वोच्च अदालतले नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले दायर गरेको रिटमा कारण देखाउ आदेश दिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चालेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको हो । साथै, अन्तरिम आदेशका लागि छलफलका लागि १९ गते दुबै पक्षलाई बोलाएको छ ।

निर्वाचनमा पौडेल वाम गठबन्धनकी उम्मेदवार आशा कोइरालासँग ५ मत अन्तरले पराजित भएका थिए । तर, ४२ मत फर्जी भेटिएको भन्दै पौडेलले पुनः मतदान हुनु पर्ने माग गरेका थिए ।
तनहुँ क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका पौडेल ५ मत अन्तरले पराजित भएका हुन् ।




तपाईको प्रतिक्रिया दिनुहोस