Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारछोरी जन्मेको कारण सुत्केरी महिला अस्पतालबाट भागिन

छोरी जन्मेको कारण सुत्केरी महिला अस्पतालबाट भागिन


नेशनल मेडिकल कलेज वीरगञ्जबाट हराएकी सुत्केरी महिला बाराको जिल्ला अस्पतालमा फेला परेकी छिन् । सर्लाही कवालावासी घर भएकी २० वर्षिय ललिता देवी बुधबार बेलुका अस्पतालबाट हराएकी थिइन् ।

उनलाई शुक्रबार जिल्ला अस्पताल कलैयामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजन लिम्बुले बताए ।
ललिताले छोरी जन्माएकी थिइन् । छोरी जन्माएकै कारण आफूमाथि परिवारबाट अपहेलना हुन भयले उनी भागेको आशंका गरिएको छ ।

बुधबार राती ११ बजे उनी अस्पतालबाट हराएकी थिइन् । उनी हराएपछि परिवारले खोजी गर्न प्रहरीमा उजुरी गरेका थिए । शुक्रबार उनलाई फेला पारी प्रहरीले परिवारलाई बुझाएको छ। ‘भाग्नुको कारणबारे अनुसन्धान गरिरहेका छौं,’ डिएसपी लिम्बुले स्वास्थ्यखबरसँग भने । ललितादेवी गत २ गते सुत्केरी भएकी थिइन् ।




तपाईको प्रतिक्रिया दिनुहोस