Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारलालबाबु पण्डितलाई ३ महिना जेल सजाय हुन सक्ने, केकी अधिकारि केसमा यसरी फसे पण्डित

लालबाबु पण्डितलाई ३ महिना जेल सजाय हुन सक्ने, केकी अधिकारि केसमा यसरी फसे पण्डित


सामान्य प्रशासन मन्त्री हुदा चर्चा कमाएका पूर्वमन्त्री एक जना नायिकासँगको भेटमा १ हजारको नोटमा केरमेट गरेर सफा नोट नीतिको धज्जी उडाउका छन् ।

आफू सधैं कानूनको पालना गर्ने बताउँदै आएका पूर्वमन्त्री एवं मोरङबाट प्रतिनिधि सभा सदस्य लालबाबु पण्डितले अभिनेत्री केकी अधिकारीलाई १ हजार रुपैयाँको नोटमा हस्ताक्षरसहित केरमेट गरेर अटोग्राफ दिएका हुन् ।

विराटनगर १२ स्थित स्थानीय बखरी बगैंचामा बुधबार आयोजित एउटा नेपाली चलचित्रको प्रचार–प्रसार कार्यक्रममा मुख्य अतिथि थिए । सोही क्रममा पूर्वमन्त्री पण्डितले नायिका केकीलाई १ हजार रुपैयाँको नोटमा अटोग्राफ दिएका हुन् ।

पूर्वमन्त्री पण्डितले मात्र हैन, नायिका केकी अधिकारीले सफा नोट नीतिविरुद्ध १ हजार रुपैयाँको नोटमा केरमेट गराएकी छन् । पण्डितलाई देखेपछि केकीले हजारको सो नोटमा लालबाबुको अटोग्राफ दिएपछि नेपाल राष्ट्र बैंकले लागू गरेको सफा नोट नीतिअन्तर्गत नोट केरमेट गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्मको जरिवाना हुने व्यवस्था छ । यही नीतिअन्तर्गत नोट वा सिक्का जलाउने, गाल्ने, च्यात्नेलाई पनि सोही सजायको व्यवस्था छ ।

व्यवस्थापिका संसद्ले पारित गरेको फौजदारी संहितामा नोट केरमेट गर्नेलाई तीन महिना जेल सजाय वा ५ हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेकाले सर्वोच्च अदालतले सफा नोट नीति कार्यान्वयनमा ल्याउन राष्ट्र बैंक र अर्थमन्त्रालयको नाममा आदेश दिएपछि यो विषयलाई फौजदारी संहितामा समेटिएको हो ।

सर्वोच्चले बैंक नोटमा स्टिच नगर्न, केरमेट नगर्न र जथाभावी च्यात्न नपाउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र नेपाल सरकारको नाममा यस्तो आदेश जारी गरेको थियो ।




तपाईको प्रतिक्रिया दिनुहोस