गृहपृष्ठ ∕ समाचार ∕ पुरानो सिलिण्डर विस्फोट हुँदा एक घर ध्वस्त पुरानो सिलिण्डर विस्फोट हुँदा एक घर ध्वस्त पुलेसो ९ पुस, २०७८, शुक्रबार १२:५५ पुरानो सिलिण्डर ग्यास प्रयोग गर्न घर पु¥याएपछि विस्फोट भएका कारण एक घर जलेर पूर्णरुपमा क्षति भएको छ ।गल्छी गाउँपालिका वडा नं ५ सिर्वानीमा बाबुराम तिमल्सिनाले बजारबाट किनेर लगेको नमस्ते ग्यासको सिलिण्डर घरभित्र पु¥याएपछि विस्फोट भएपछि घर जलेर ध्वस्त भएको सोही वडाका वडासदस्य विन्दा अधिकारीले बताउनुभयो ।ग्यास उद्योगले बजारमा ल्याएको पुरानो सिलिण्डर किनेर लगेलगत्तै विस्फोट भएकाले क्षतिपूर्ति उपलब्ध गराउन घरधनी तिमल्सिनाले माग गर्नुभएको छ । मानिस घर बाहिर भएकाबेला विस्फोटन भएकाले मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडा तथा साबै सामग्री नष्ट भएको वडाध्यक्ष प्रेम तामाङले बताउनुभयो । गाउँमा हालै लगिएका सबै ग्यास सिलिण्डर जाँच गर्न र पुराना सिलिण्डर फिर्ताका लागि आह्वान गर्न लागिएको तामाङको भनाइ छ । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका