Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसुत्केरी भए सहयोगस्वरुप एकमुष्ट रु १० हजार पाउने

सुत्केरी भए सहयोगस्वरुप एकमुष्ट रु १० हजार पाउने


म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाले गाउँसभाका महिला सदस्यहरु सुत्केरी भए सहयोगस्वरुप एकमुष्ट रु १० हजार दिने भएको छ ।

गाउँ कार्यपालिकाको हालै सम्पन्न बैठकले गाउँ सभाका सदस्य महिला सुत्केरी भए १० हजार दिने र गाउँपालिकाभित्रका अरु गर्भवती, सुत्केरी महिलाका साथै गरिब तथा विपन्नको उपचारमा सहज हुने गरी कोषको स्थापना गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिनुभयो ।

अध्यक्ष पुनका अनुसार गाउँपालिकाभित्र रहेका प्रत्येक वडामा रु एक–एक लाख बराबरको आपत्कालीन कोष स्थापना गरिएको छ । गाउँपालिकाको दुर्गम क्षेत्रमा रहेका महिलालाई गर्भवती अवस्थादेखि प्रसूतिसम्म आवश्यक पर्ने स्वास्थ्य सेवाका बारेमा समेत सचेत रहेको पुनले बताउनुभयो ।

जलविद्युत् र पर्यटनमा जिल्लामै अब्बल मानिएको गाउँपालिकाले आन्तरिक स्रोत व्यवस्थापनलाई समेत प्राथमिकता दिएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस