Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारराष्ट्रपति भण्डारीको कदमविरुद्ध नेविसंघले चर्को विरोध गर्ने तयारी

राष्ट्रपति भण्डारीको कदमविरुद्ध नेविसंघले चर्को विरोध गर्ने तयारी


राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आन्दोलन नै गर्ने भएको छ ।

नेविसंघले यही पुस ९ गते आइतबार राजधानीको विश्वभाषा क्याम्पसमा बृहत प्रदर्शन गर्ने जनाएको छ ।

नेविसंघ केन्द्रिय समितिको आयोजनामा राष्ट्रपतिले राष्ट्रिय सभा गठन अध्यादेश रोकेर संविधानभन्दा माथि उठ्न खोजेको भन्दै चर्को विरोध गर्ने नेविसंघले जनाएको छ ।

नेविसंघका महामन्त्री कुन्दन काफ्लेले सरकारले दुई महिनाअघि नै पेश गरेको राष्ट्रिय सभा गठन अध्यादेश रोकेर संविधानकै खिल्ली उडाएको भन्दै त्यसको विरोधमा कार्यक्रम गर्न लागिएको जनाए । नेविसंघले राष्ट्रिय सभा गठन अध्यादेश तत्काल जारी गर्नसमेत माग गरेको छ । (सडक मिडिया)




तपाईको प्रतिक्रिया दिनुहोस