Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारएचआइभी संक्रमित विरामी बढे, परामर्श तथा उपचारका लागि जानेक्रम बढ्दाे

एचआइभी संक्रमित विरामी बढे, परामर्श तथा उपचारका लागि जानेक्रम बढ्दाे


पाल्पा जिल्लामा एचआइभी संक्रमितका बिरामीको संख्या बढ्दो छ । हिजोआज एचआइभी संक्रमित व्यक्ति विस्तारै खुल्न थालेपछि एचआइभी संक्रमित बिरामीको संख्या बढ्न थालेको हो ।

आर्थिक वर्ष २०७३/०७४ मा ३१२ जना एचआइभी संक्रमित फेला परेका छन् । अघिल्लो वर्षको तुलनामा १७ जना एचआइभी संक्रमित थपिएका छन् ।

आव ०७२/०७३ मा २९५ जना एचआइभी संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जनकारी दिनुभयो । गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिन थालेपछि पछिल्लो समय उनीहरु गाउँ समाजमा खुल्न थालेको उहाँले बताउनुभयो ।

भित्रभित्रै समाजको डर र लाजका कारण रोग लुकाएर बसिरहेका एचआइभी संक्रमित अहिले स्वास्थ्य संस्थामा नै परामर्श तथा उपचारका लागि जानेक्रम बढ्न थालेको ज्ञवालीको भनाइ छ ।




तपाईको प्रतिक्रिया दिनुहोस