गृहपृष्ठ ∕
समाचार ∕
डा. उपेन्द्र देवकोटा गम्भीर बिरामी, रोग पहिचान गर्न बेलायतका डाक्टरहरुलाई समेत हम्मे हम्मे डा. उपेन्द्र देवकोटा गम्भीर बिरामी, रोग पहिचान गर्न बेलायतका डाक्टरहरुलाई समेत हम्मे हम्मे
पुलेसो ९ पुस, २०७८, शुक्रबार १०:५५
नेपालका सुविख्यात चिकित्सक डा. उपेन्द्र देवकोटा गम्भीर बिरामी परेका छन् । विशेषगरी ‘न्युरो’सम्बन्धी उपचारमा अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाएका डा. देवकोटा दुर्लभ प्रकारको क्यान्सरबाट पीडित भएकाे उनी निकट स्राेतले बतायाे ।
यतिबेला लण्डिनस्थित एक अस्पतालमा उपचाररत डा. देवकोटाको अवस्था गम्भीर रहेको बताइएको छ । गत मंसिर १० गते सम्पन्न निर्वाचनमा डा. देवकोटाले आफ्नो गृहजिल्ला गोरखामा बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठको पक्षमा मत माग्न सक्रियता हिडेका थिए ।
गोरखा पालुङटारमा आयोजित सभामा लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार डा बावुराम भट्टरार्इप्रति लक्षित गर्दै भनेका थिए “गोरखाका कुनै अरु डाक्टरले जसरी आफूहरुले पिएचडीको सर्टिफिकेट विक्री नगरेको बताउदैँ ‘गोरखामा धेरै डाक्टरहरु जन्मनु भएको छ । पोष्ट ग्राजुयट गरेका विद्यार्थीहरुलाई मैले पढाउँछु, मेरो भाई पिएचडी पछिको कोर्ष अध्ययन गरेर देशमा बसेर काम गरिरहेको छ, तर हामीले प्रचार गरेका छैनौं’ ‘मैले धेरैको मष्तिस्क चिरफार गरेँ, उनले भने ।
उनी राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए । प्रधानमन्त्रि शेरबहादुर देउवाप्रति लक्षित गर्दै बाम गठबन्धनदेखि आत्तिएर शेरबहादुर जीले घसेटा र चेस्का बटुलेर अर्को गठबन्धन बनाएको देवकोटाले अाराेप लगाएका थिए ।
बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराइ रहेका ख्याति प्राप्त वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको रोग पहिचान गर्न बेलायतका डाक्टरहरुलाई समेत हम्मे हम्मे परेको छ । यही रोग लागेको हो भनेर उपचारमा संलग्न चिकित्सकहरुले समेत अहिलेसम्म नभनेको तर बेलायतकै वरिष्ठ चिकित्सकहरुको निरन्तर प्रयास स्वरुप डा. देवकोटाको स्वास्थ्य अवस्था समान्य रहेको पारिवारिक स्रोतले बताएको छ ।
६३ वर्षिय डा. देवकोटा बेलायतमा अध्ययनरत छोरी भेट्न पत्नी डा. मधु देवकोटा सहित केही दिन पहिले लण्डन गएका थिए । डा. देवकोटा एक्कासी अचेत भएपछि उनलाई उपचारका लागि किङ्स कलेज हस्पिटल भर्ना गरिएको हो । डा. देवकोटाले न्यूरो सम्बन्धि उच्च शिक्षा बेलायतको अल्किन्सन मोर्ले हस्पिटलबाट लिएका हुन् । बेलायतका वरिष्ठ चिकित्सकहरुसँग राम्रो सम्बन्ध भएकाले उनी अस्पताल भर्ना भएको थाहा पाएपछि त्यहाँका बरिष्ठ चिकित्सक नै उनको उपचारमा संलग्न रहेको पारिवारिक स्रोतले बताएको छ । डा. देवकोटाका भतिजा बसन्त देवकोटाले उनको स्वास्थ्य अवस्था समान्य रहेको खबर प्राप्त भएको बताए । उनले भने, ‘ उहाँ अस्पताल भर्ना भएर उपचार गराइरहनु भएको छ । यही समस्या भएको अझै थाहा हुन सकेको छैन । ’
डा.देवकोटा बिरामी परेर लण्डनमा उपचार गराइरहेको खवर पाएपछि उनको स्वास्थ्य अवस्था बुझ्न बेलायतस्थित नेपाली राजदूत दुर्गाबहादुर सुवेदी र दूतावासका कर्मचारी अस्पताल पुगेका थिए । डाक्टरहरुले नै रोगबारे भन्न स्पष्ठसंग भन्न नसकेकाले डा. देवकोटालाई यही नै भएको हो भन्न सकिने अवस्था नभएको दूतावास स्रोतले जनाएको छ ।
डा. देवकोटा दक्षिण एशियाकै उत्कृष्ठ वरिष्ठ न्यूरो सर्जनका रुपमा चिनिन्छन । पूर्व राजा ज्ञानेन्द्रले सत्ता लिएपछि वीर अस्पतालको न्यूरो विभागमा कार्यरत डा. देवकोटालाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका थिए । त्यसपछि उनले सरकारी सेवा छोडेर बासवारीमा आफ्नै लगानीमा न्यूरो अस्पताल सञ्चालनमा ल्याएका छन् ।
(गाेरखाखबर)