Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसडकलाई पहिलो प्राथमिकता

सडकलाई पहिलो प्राथमिकता


आन्तरिक विवादका कारण लामो समय हुन नसकेको रामप्रसाद राई गाउँपालिकाकोे गाउँसभा सडक विस्तारलाई पहिलो प्राथमिकता दिँदै विहिबार सम्पन्न भएको छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको पाँच महिनापछि सम्पन्न पहिलो गाउँसभाले चालूआर्थिक वर्षका लागि कुल रु २६ करोड ७४ लाख २६ हजार बजेट पारित गरेको हो ।

यसमा शसर्त अनुदान रु नौ करोड ३७ लाख २३ हजार, निसर्त अनुदान रु १६ करोड ८२ लाख १७ हजार, गत वर्षको खर्च हुन बाँकी रकम रु ४६ लाख र अनुमानित आन्तरिक आय रु आठ लाख गरी सो बराबरको रकम विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभयो ।

सभाले सडक विस्तारलाई पहिलो प्राथमिकतामा राखेको छ । सडक विस्तारमा रु पाँच करोड १६ लाख ८० हजार रकम विनियोजन गरिएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस