Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमधेसमा पनि एमाले पहिलो पार्टी हुन्छः उपाध्यक्ष रावल

मधेसमा पनि एमाले पहिलो पार्टी हुन्छः उपाध्यक्ष रावल


नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले प्रदेश नं २ को निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले मुलुकको राष्ट्रियताको संरक्षणका लागि आफ्नो पार्टीले खेलेको भूमिकाका आधारमा मधेश र मधेशी जनताले निर्वाचनमा सही मूल्यांकन गरी एमालेलाई अग्रस्थानमा पु¥याउने बताउनुभयो ।

मधेशमा लामो समयदेखि मधेशीको शोषण गर्ने समूहले राजनीतिक दल खोल्दैमा उनीहरुको प्रतिनिधित्व गर्न नसक्ने बताउँदै उहाँले भन्नुभयो, “प्रत्येक वर्ष मधेशमा बाढी आउँछ, त्यस क्षेत्र डुबानमा पर्छ, बाढी डुबानको दीर्घकालीन समाधान हामी दिन्छौँ, मधेशीको पक्षमा आवाज उठाउने हामी मात्रै हौँ ।”

उपाध्यक्ष रावलले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरी प्रादेशिक प्रशासक नियुक्ति गरिरहेकामा चिन्ता व्यक्त गर्दै स्वेच्छचारी ढंगले गरिने नियुक्ति एमालेले प्रतिवाद गर्ने बताउनुभयो ।




तपाईको प्रतिक्रिया दिनुहोस