Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचार‘शेरबहादुर’ को ट्रेलर सार्वजनिक

‘शेरबहादुर’ को ट्रेलर सार्वजनिक


आगामी माघ १९ गते रिलिज हुन लागेको फिल्म ‘शेरबहादुर’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म निर्माण युनिटले सामाजिक सञ्जाल युट्युबमार्फत बिहीबार ट्रेलर रिलिज गरेको हो ।

 

ट्रेलरमा सुनिल थापा, कर्मा, कामेश्वर चौरासिया, मेनुका प्रधान फिचरिङ छन् । आर राजवंशी निर्देशित फिल्म सामाजिक मर्यादा बोकेको पात्रमा केन्द्रित छ । ट्रेलरमा एक्सन, रोमान्स, ड्रामालगायत समावेश छ । निर्देशक राजवंशीका अनुसार फिल्म एक अवकासप्राप्त आर्मीको कथामा आधारित थ्रिलर विधाको फिल्म हो । ‘झट्ट नाम सुन्दा राजनीतिको गन्ध आए पनि यो कुनै राजनीतिसँग सरोकार राख्ने फिल्म होइन,’ उनले भने ।
फिल्ममा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झालगायतका कलाकारको अभिनय छ । फिल्ममा निर्माताका रूपमा छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी छन् । (नगरीक बाट)




तपाईको प्रतिक्रिया दिनुहोस