Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रचण्डको अग्रसरतामा प्रमुख पाँच दलको बैठक अाज बस्ने तयारी

प्रचण्डको अग्रसरतामा प्रमुख पाँच दलको बैठक अाज बस्ने तयारी


पछिल्लो राजनीतिक गतिरोध अन्त्यका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अग्रसरतामा प्रमुख पाँच दलको बैठक बस्ने भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमका शीर्ष नेताहरु बैठकमा सहभागी हुने प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले एभरेष्टदैनिकलाई जानकारी दिए ।

प्रमुख दलहरुबीच सरकार गठन र अध्यादेशका विषयलाई लिएर विवाद बढिरहेको समयमा अध्यक्ष प्रचण्डले समस्या समाधनका लागि अग्ररता लिदै प्रमुख पाँच दलका शीर्ष नेतालाई एक्कै स्थानमा छलफलका लागि सहमत गराएका हुन ।

बैठकमा राष्ट्रियसभा अध्यादेश, सरकार गठन लगायतका विषयमा गम्भीर छलफल हुने बताइएको छ ।

देउवा सरकारले राष्ट्रपति समक्ष अनुमोदनका लागि पठाएको राष्ट्रियसभा अध्यादेशमा भएको प्रावधानप्रति संसदको सबैभन्दा ठूलाले दल एमालेले असहमति जनाएपछि विधेयक जारी हुन सकेको छैन ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा गठन नभएसम्म सत्ता हस्तान्तरणका विषयमा बखेडा जिकेर सत्ता लम्ब्याउन खोजिरहेका छन ।

संसदका सबैभन्दा ठूलो दल बनेको एमाले राष्ट्रियसभा गठनमा एकल संक्रमणीय प्रणालीको विरोधमा छ भने नेपाली कांग्रेसले त्यस आफ्नो अडान छोडेको छैन । त्यसैले नयाँ सरकार गठनमा समस्या सृजना भएका छ ।

नेकपा माओवादी केन्द्र भने राष्ट्रियसभा सम्बन्धी राष्ट्रपति समक्ष अड्किएको अध्यादेशको विवाद प्रमुख दलको सहमतिमा समाधन गर्ने पक्षमा रहेको छ ।

बुधबार एमाले र माओवादी केन्द्रका अध्यक्ष केपी ओली र प्रचण्डले यसै विषयमा राष्ट्रपतिसँग परामर्श गरेका थिए । उक्त अवसरमा राष्ट्रपतिले पनि आफूलाई विवादमा नतान्न र दलीय सहमतिमा अध्यादेश माथिको गाठो फुकाउन आग्रह गरेकी थिइन ।

ठूला दलहरुबीचको विवादका कारण राष्ट्रिय सभा गठनमा दिलाई हुदै गइरहेको छ । ( आजको एभ्रेष्ट दैनिकमा छ ।)




तपाईको प्रतिक्रिया दिनुहोस