Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारदक्षिण कोरियामा अगालागी हुँदा कम्तीमा २९ जनाको मृत्यु

दक्षिण कोरियामा अगालागी हुँदा कम्तीमा २९ जनाको मृत्यु


दक्षिण कोरियाको जोसेन सहरमा रहेको एउटा भवनमा अगालागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ । राजधानी सोलदेखि झण्डै १ सय ७० किलोमिटर दक्षिणपूर्वमा पर्ने जोसेन सहरमा रहेको आठ तले भवनमा आगलागी भएको हो ।

आगलागी भएको भवनमा व्यायाम केन्द्र, सार्वजनिक स्नान कक्ष र रेष्टुरेन्ट सञ्चालनमा रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।  अधिकारीहरुका अनुसार आगलागीमा परि मृत्यु भएकाहरु सबै भवनको दोस्रो तलामा रहेकोे थिए ।

सबैजना घटनास्थलमै मृत अवस्थामा भेटिएका थिए । अन्य २६ जना घाइते भएका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरुको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । स्थानीय समय अनुसार दिउँसो ४ बजेतिर आगलागी सुरु भएको थियो ।

आगलागी भए लगत्तै ५० ओटा अग्नि नियन्त्रक यन्त्र, ६० जना अग्नि नियन्त्रक र हेलिकप्टर आगलागी नियन्त्रण गर्न र पिडितहरुलाई उद्धार गर्न खटाइएको थियो । एजेन्सी




तपाईको प्रतिक्रिया दिनुहोस