Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारहानिकारक एस्वेस्टस बिक्री हुँदै

हानिकारक एस्वेस्टस बिक्री हुँदै


 मानव स्वास्थ्यमा हानि पु¥याउने खनिज ‘एस्वेस्टस’को आयातमा सरकारले प्रतिबन्ध लगाए पनि बिक्री वितरण भइरहेको पाइएको छ ।

निर्माण क्षेत्र, हार्डवेयर पसललगायत स्थानमा सो खनिज लुकीछिपी किनबेच भइरहेको जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले जनाएको छ । प्राकृतिक रुपमा पाइने सो खनिजका रेशा बलिया एवं ताप आगो, खिया र रसायन प्रतिरोधी हुनाका साथै विद्युतीय कुचालक हुन्छ । सरकारले विसं २०७१ पुस ९ गते राजपत्रमा सूचना जारी गरी यसको आयातमा प्रतिबन्ध लगाएको थियो ।

केन्द्रले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले सोको आयातलाई पूर्णरुपमा रोक्न आपूर्ति मन्त्रालयले अनुगमनलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै एस्वेस्टसयुक्त फोहरलाई वातावरणमैत्री विसर्जन विधि प्रयोग गर्न र स्यानिटरी ल्याण्डफिल निर्माणका लागि लगानी बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आपूर्ति सचिव अनिलकुमार ठाकुरले अनुगमन संयन्त्रलाई सशक्त बनाउन स्थानीय तहमा जिम्मेवारी दिने तयारी भइरहेको जानकारी दिनुभयो । विश्व स्वास्थ्य संगठनका प्रतिनिधि राजाराम पोटे श्रेष्ठ, अन्तर्राष्ट्रिय श्रम संगठन, राष्ट्रिय कार्यक्रम संयोजक शैलेन्द्रकुमार झा, वातावरणविद् भूषण तुलाधरलगायतले सिलिकन र अक्सिजनको संयोजन रहेको एस्वेस्टसको रेशालाई नाङ्गो आँखाले देख्न नसकिने र श्वासप्रश्वासबाट फोक्सोमा गई अर्बुदजस्ता रोग लाग्न सक्ने बताउनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक रामचरित्र साहले तराईमा धेरैजसो एस्वेस्टसले छाएका घर पाइने हुँदा त्यहाँ बस्ने मानिस बढी प्रभावित रहेको जानकारी दिनुभयो । (रासस)




तपाईको प्रतिक्रिया दिनुहोस