Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसाफ यू–१५ महिला फुटबलः नेपाल–भुटान रोकिए

साफ यू–१५ महिला फुटबलः नेपाल–भुटान रोकिए


भुटानसँग एक एक गोलको बराबरी खेल्दै नेपालले बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको यात्रा समाप्त गरेको छ ।

ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मोस्ताफा कमल रङ्गशालामा आज भएको अन्तिम खेलमा भुटानसँग एक एकको बराबरी खेल्दै नेपालले यात्रा समाप्त गरेको हो ।

खेलको नवौँ मिनेटमा डेकी लाहाजुमको गोलबाट भुटानले अग्रता लिए पनि ८१ आँै मिनेटमा नेपालकी सविता राना मगरले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् । खेलको अन्तिम समयमा नेपालले पेनाल्टीमा गोल गर्ने अवसर पाए पनि नेपालकी सरस्वती हमाल गोल गर्न असफल हुँदा खेल एक एकको बराबरीमा सकियो ।

चार टोली सहभागी च्याम्पियनसिपको पुछारमा रहँदै नेपालले प्रतियोगितामा आफ्नो सम्भावना समाप्त गरेको छ । च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशसँग ६–०ले पराजित नेपाल दोस्रो खेलमा भारतसँग १०–० ले हारेको थियो ।

जारी च्याम्पियनसिपमा बंगलादेश र भारत फाइनलमा पुगेका छन् । अन्तिम खेलमा भारतलाई ३–० ले पराजित गरेको बंगलादेश ९ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । एक खेलमा हार र दुई खेलमा जीत निकालेको भारत छ अंकसहित दोस्रो स्थानमा छ । फाइनल खेल आइतबार हुनेछ । (रासस)




तपाईको प्रतिक्रिया दिनुहोस