Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारस्थानीयवासीले नियन्त्रणमा लिए भीषण आगलागी

स्थानीयवासीले नियन्त्रणमा लिए भीषण आगलागी


डोल्पा ।  यहाँको त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत वडा नं १ स्थित गौचर बनमा लागेको भीषण आगो नियन्त्रणमा आएको छ ।

बस्ती नजिकैको सो वनमा दुई दिनदेखि लागेको भीषण आगलागी स्थानीयवासीको सक्रियतामा निभाइएको स्थानीय नन्दबहादुर शाहीले बताउनुभयो ।

आगलागी नियन्त्रणका लागि भिजाइएका कपडा, रुखका हाँगा, कुटो कोदालोसहित गाउँका, महिला, युवा केटाकेटी सबै वनमा पुगेका थिए ।

आगलागीले चरिचरनका रुपमा रहेको रैबुन, भलखोला हुँदै दैचउरसम्मको सम्पूर्ण वन सखाप भएको छ ।

वन सबै आगलागीले सखाप पारेपछि बस्तुभाउ चराउन समस्या भएकाले स्थानीयवासी चिन्तित भएका छन् ।

आगलागीका सम्बन्धमा स्थानीयवासीले नै अनुसन्धान गरिरहेको शाहीले बताउनुभयो ।




तपाईको प्रतिक्रिया दिनुहोस