Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनियमित कति समय सुत्नुपर्छ, पछिल्लो तथ्याङ्क

नियमित कति समय सुत्नुपर्छ, पछिल्लो तथ्याङ्क


स्वस्थ खाना खाएरमात्रै स्वस्थ भईंदैन । स्वस्थ शरीर र मनका लागि आरामको उत्तिकै जरुरत पर्छ । स्वस्थ खानाका साथै पर्याप्त निद्राले सम्पूर्ण रुपबाट स्वस्थ बनाउँछ । यो व्यस्त जमानामा कामकै बोझले खानपान र निद्रालाई कमैले मात्रै नियमित बनाएको पाइन्छ । त्यसैले त युवाअवस्था देखि नै रोगको शिकार भएका धेरै छन् ।
अमेरिकाको नेशनल स्लिप फाउण्डेसनले गरेको एक अध्ययनले व्यक्तिको उमेरअनुसार निद्रा आवश्यक पर्ने निष्कर्ष निकालेको छ । पर्याप्त निदाउँदा बिभिन्न रोगको शिकार हुनबाट बच्नसक्ने सुझाउँदै फाउण्डेसनले कुन उमेरका व्यक्तिले कति समय सुत्नुपर्छ भन्ने हिसाब सार्वजनिक गरेको छ

(जन्मेदेखि तीन महिना उमेरका शिशुहरुलाई दैनिक १४ देखि १७ घण्टासम्म निद्रा आवश्यक पर्छ ।
(चारदेखि ११ महिनासम्मका बच्चा दैनिक १२ देखि १५ घन्टासम्म निदाउनु पर्छ ।
(एकदेखि दुई वर्ष उमेरका बच्चालाई दैनिक ११ देखि १४ घण्टासम्म निद्रा आवश्यक पर्छ ।
(तीनदेखि पाँच वर्ष उमेरका केटाकेटी नियमित १० देखि १३ घन्टासम्म निदाउनै पर्छ ।
(छदेखि १३ वर्ष उमेरका केटाकेटीले दैनिक नौदेखि ११ घण्टा निदाउनु पर्छ ।
(१४ देखि १७ वर्षका किशोर–किशोरीहरुलाई दैनिक १० देखि १३ घण्टासम्म निद्रा आवश्यक पर्छ ।
(१८ देखि ६४ वर्ष उमेरमा नियमित सातदेखि ८ घण्टा सुत्नुपर्छ ।
(६५ वर्षभन्दा माथि उमेर भएकाहरुलाई दैनिक सातदेखि नौ घण्टा निद्राको आवश्यकता पर्छ ।




तपाईको प्रतिक्रिया दिनुहोस