Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रचण्डले भने, ‘केपीजी र म दुवै खेलाडी !’

प्रचण्डले भने, ‘केपीजी र म दुवै खेलाडी !’


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी सरकारले खेल क्षेत्रमा विशेष लगानी गर्ने बताएका छन् ।

खेलकूद महासंघले बिहीवार बधाई तथा शुभभकामना दिन घरमै पुगेका पदाधिकारीहरुलाई सम्वोधनगर्दै अध्यक्ष प्रचण्डले वामपन्थी सरकारले खेल क्षेत्रको विकासमा योगदान गर्ने बताएका हुन् ।

‘वामपन्थीको सरकार बन्दा खेलकुदको क्षेत्रको विकासमा महत्व दिएको दिए पनि अहिले वामपन्थी सरकार नहुँदा खेल क्षेत्रमा जस्तै अन्यत्रपनि गर्न खोजेका काम लथालिंग बन्ने गरेको छ’ प्रचण्डले भने, ‘अब दुइतिहाइ नजिकको बन्दैछ । सरकारले खेलकुद क्षेत्रमा लगानी बढाउने छ ।’

खेलकुद क्षेत्र मण्डले उत्पादन गर्ने थलो भएको बताउदै प्रचण्डले लोकतन्त्र आइसकेपछि केही सकारात्मक पहल भएपनि त्यसले पूर्णता पाउन सकेको उल्लेख गरे ।

‘केपी ओलीजी र म आफैपनि खेलाडी हुनाको नाताले खेल क्षेत्रमा विशेष रुपमा लगानी गर्ने मान्यता राख्छौ’ प्रचण्डले भने, ‘आउने दिनमा सरकारले खेलकुद क्षेत्रलाई व्यबस्थि तगर्नेछ ।’




तपाईको प्रतिक्रिया दिनुहोस