Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकांग्रेस संसदीय दलको नेतामा थापा

कांग्रेस संसदीय दलको नेतामा थापा


प्रदेश सभा र प्रतिनिधि सभामा पाटीले पराजय भोगेपछि नेपाली कांग्रेसका युवा नेताहरुले पार्टीको संसदीय दलको नेता गगनकुमार थापालाई बनाउनुपर्ने अवाज उठाएका छन ।
बुधबार काठमाण्डौमा भएको भेलामा उपस्थित युवा नेताहरुले अब पार्टीको नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनुपर्नेमा जोड दिए । उनीहरुले पार्टीको संसदीय दलको नेतामा गगन थपा जस्ता युवालाई चुन्नु पर्ने बताए ।
चुनावमा पार्टीले व्यहोरेको पराजयको समीक्षा गर्न जम्मा भएका उनीहरुले केन्द्रीय कार्यसमिति हुँदै महाधिवेशनसम्म बोलाउनुपर्नेमा जोड दिएका छन । प्रतिनिधिसभाको निर्वाचनमा गुल्मी १ बाट पराजित केन्द्रीय सदस्य चन्द्र भण्डारीको संयोजनमा भएको बैठकमा नेताहरू गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, गुरुराज घिमिरे, महादेव गुरुङ, जीवन परियार, प्रदीप पौडेल, उमेशजंग रायमाझी, रामहरि खतिवडा, सुवास पोखरेल, उज्ज्वल बराललगायत सहभागी थिए । छलफलमा भाग लिँदै टिकट नपाएर पीडित बनेका युवा नेता धनराज गुरुङले आइतबार पनि बसेर छलफल गर्नुपर्ने बताए ।




तपाईको प्रतिक्रिया दिनुहोस