Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा हिरोईन बन्ने

सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा हिरोईन बन्ने

आफ्नै लगानीमा "अनुराग" नामक फिल्म बनाउने


हरिश जङ्ग क्षेत्री /  नेपालका चर्चित सञ्चारकर्मी ऋषि धमलाकी धर्मपत्नी एलिजा गौतम फिल्मकी हिरोइन बन्ने भएकी छिन् । एलिजाले आफ्नै लगानीमा “अनुराग” नामक फिल्म बनाउन लागेकी हुन भने उक्त चलचित्रमा आफैं हिरोइन भएर खेल्न भएकी हुन्।

 

सत्यराज चौंलागाईंले निर्देशन गर्ने फिल्ममा एलिजाको रिल जोडी भएर मोडल दिपक घिमिरे रोल प्ले गर्नेछन् । बुधबार फिल्मको प्रेसमिटमा पति ऋषि धमलाले दुई सन्तान जन्माएर फिल्म खेल्न लागेकी पत्नीलाई सबैले साथ र हौसला दिन आग्रह समेत गरेका छ्न । धमलाले एलिजाको फिल्म खेल्ने इच्छा पहिले देखि नै भए उपयुक्त समयको प्रखाईमा रहेकी थिइन् । आज एलिजाको फरक खालको साँगीतिक प्रेम कथा भनिएको फिल्मको छायाँकन छठदेखि सुरु हुनेछ ।

 

फिल्मको बजेट करिब एक करोड बताइएको छ । एलिजको चलचित्र काठमाण्डौं, ईलाम र पोखरामा छायांकन गरिने छ । रामकुमार केसीको छायाँकन रहने फिल्ममा तारा प्रकाश लिम्बु र सरोज पोखरेल संगीत रहेछ भने कथा किरण दाहालको रहने छ । नृत्य निर्देशन भने अहिलेका चर्चित नृत्य निर्देशक कविराज गहतराजले गर्नेछन् । पटकथा तथा संवाद निर्देशक चौलागाईं र आगत केसीको रहने छ ।

 

फिल्ममा एलिजा गौतम र दिपक घिमिरे सँगै अभिनेता सरोज खनाल, रुपा राना, निर्मल शर्मा लगायतको समेत अभिनय रहनेछ । धमला पत्नी एलिजाले प्रेसमिटमा चलचित्रलाई लिएर एकदमै कौतुहल्ता उत्पन भएको बताई । एलिजाको चलचित्र अभिनय मोहले डुबाउने हो कि फलाउने हो त्यो भने चलचित्र रिलिज पश्चात नै थाहा हुनेछ ।




तपाईको प्रतिक्रिया दिनुहोस