Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारशल्यक्रिया सेवामा बेनी अस्पतालमा सुधार

शल्यक्रिया सेवामा बेनी अस्पतालमा सुधार


अझै पनि देशका अधिकांश जिल्ला अस्पताल ‘रिफर अस्पताल’ जस्तै छन् । प्रविधि र जनशक्ति अभावमा जिल्ला अस्पतालहरूमा शल्यक्रिया सेवा सपनाजस्तै लाग्छ । तर म्याग्दी सदरमुकाम बेनीको बेनी अस्पतालमा पछिल्लो दुई वर्षयता उल्लेख्य सुधार भएको छ । यस अवधिमा अस्पतालबाट एक सय ७८ प्रसूति, ६५ हर्निया, ३५ एपेन्डिसाइटिस, ६५ हाइड्रोसिल र पाठेघरभन्दा बाहिर बच्चा बसेको ६ वटाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । मुटुथैलीमा पत्थरी, फोक्सोमा हावा जमेको, पाठेघर फुटेकोलगायत जटिल किसिमका अपरेसन गर्नसमेत अस्पताल सफल भएको अस्पतालका प्रमुख डा। रोशन न्यौपानेले बताए ।

‘सबैको साझा प्रतिबद्धताका कारण यो सम्भव भएको हो । हामीले यस्ता सेवाहरूलाई निरन्तरता दिँदै जानुपर्छु, उनले भने । शल्यक्रियासँगै अस्पतालले अन्य सुविधामा गुणस्तरीय सेवा प्रवाह गरेको भन्दै स्वास्थ्य मन्त्रालयले यसलाई गत वर्ष देशभरको उत्कृष्ट जिल्ला अस्पताल घोषणा गरेको थियो । ‘पहिला यहाँ गएपछि केही हुँदैन भन्ने धारणा थियो, तर अहिले काठमाडौँ(पोखरा जानुपरे पनि आवश्यक परामर्श लिएर मात्रै जाने गरेका छन्, यो हाम्रो टिमवर्कका कारणले होु, न्यौपानेले भने । सरकारी अस्पतालप्रति सर्वसाधारणको सकारात्मक धारणा बन्न नसकेको अवस्थामा बेनी अस्पतालमा भने बिरामीको चाप दैनिक बढ्दै गएको छ । ‘बहिरङ्ग विभागमा पहिला दैनिक ५०र६० जना मात्रै हुन्थे । तर अहिले दैनिक एक सय ५० हुन्छन् । इमर्जेन्सीमा पनि सोही दरमा बिरामी भर्ना बढेका छन्  अस्पतालका प्रमुख डा।न्यौपानेले थपे ।

“गुणस्तरीय सेवा प्रवाह गरेको भन्दै स्वास्थ्य मन्त्रालयले गत वर्ष उत्कृष्ट जिल्ला अस्पताल घोषणा गरेको थियो” ।

मन्त्रालयले उत्कृष्ट जिल्ला अस्पताल घोषणासँगै म्याग्दी, पर्वत, मुस्ताङ र बागलुङका सर्वसाधारणको सुविधाका लागि १५बाट ५० शड्ढयामा स्तरवृद्धि गरेको छ । सोहीअनुसार अस्पताल व्यवस्थापन समितिले अहिले अल्पकालीन र दीर्घकालीन योजना बनाएर अस्पतालको भौतिक संरचना विस्तारको कामलाई तीव्र बनाएको छ । नयाँ भवन र संरचना निर्माणका लागि पुराना भवन भत्किने हुँदा अस्पतालले अस्थायी टहरा बनाएर एक वर्ष त्यसैबाट सेवा प्रवाहको योजना बनाएको छ । आफूहरूले सुरुमा गरेको सेवाको निरन्तरतासहित बालरोग, स्त्रीरोगलगायत विशिष्टीकृत सेवातर्फ ध्यान केन्द्रित भएको अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । ‘पुराना संरचना भत्काउने क्रम सुरू भएको छ । ‘तत्काललाई अस्थायी टहराबाट सेवा दिनेछौँ, दुई वर्षभित्र संरचना निर्माण गरिसक्नेछौँु, उनले भने । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा। विनोद शाहले सामूहिक प्रतिबद्धता र टिमवर्कका कारण बेनी अस्पताल नमुना अस्पताल बनेको बताए । ‘अस्पतालको प्रशासनिक र सेवाको गुणस्तर सुधार अन्य अस्पतालले पनि सिक्न जरुरी छु, उनले भने ।

मुख्य भवन निर्माण सुरु

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ५० शड्ढया क्षमताको बेनी अस्पताल म्याग्दीको भवन निर्माण कार्य अघि बढेको छ । चार हजार नौ सय ६३ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने चारतले भवनको निर्माण सम्झौता २०७३ मंसिर २१ गते भएको थियो । भ्याटसहित १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयाँमा भवन निर्माणका लागि ठेक्का सम्झौता भएको सहरी तथा भवन डिभिजन कार्यालय बागलुङका प्रमुख इन्जिनियर प्रकाश अर्यालले जानकारी दिए । २४ करोड चार लाख २९ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो । २०७६ मंसिर २० गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । भूकम्पप्रतिरोधी क्षमताको भवन अपांगमैत्रीसमेत हुनेछ ।

नयाँ बन्ने भवनको भुइँतलामा लोन्डरी, मोर्टुअरी र किचन, पहिलो तलामा इमर्जेन्सी, ल्याब, रेडियोलोजी, अपरेसन थिएटर, बहिरंग सेवा र अन्तिम तलामा प्रशासन रहने अस्पतालले जानकारी दिएको छ । यो भवन म्याग्दीमा हालसम्म निर्माण भएकामध्ये सबैभन्दा ठूलो र धेरै लागतको भएको इन्जिनियर अर्यालले बताए । अस्पताल भवनसँगै चाररचार परिवार नर्स र डाक्टरको आवास भवन निर्माणका लागिसमेत ठेक्का सम्झौता भएको छ । पुरानो संरचना भत्काएर काम सुरु गर्न केही ढिलाइ भए पनि निर्धारित समयमै सम्पन्न गर्ने गरी काम अघि बढाइने निर्माण व्यवसायी रविन जोशीले बताए । ‘कुनै किसिमको समस्या छैन । तोकिएकै समयभित्र भवन निर्माण सम्पन्न गर्ने हाम्रो योजना छु,उहाँले भन्नुभयो ।




तपाईको प्रतिक्रिया दिनुहोस