Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारश्री एयरलाइन्सकाे अन्तर्राष्ट्रिय उडान भर्ने घोषणा

श्री एयरलाइन्सकाे अन्तर्राष्ट्रिय उडान भर्ने घोषणा


आन्तरिक उडानको सेवा प्रदान गरिरहेको श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्ने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय उडान भर्नका लागि श्री एयरलाइन्सले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अन्तर्राष्ट्रिय उडानको अनुमति समेत मागिसकेको छ ।

अहिले देशका ५ स्थानमा उडान भरिरहेको श्री एयरलाइन्सले भारतका रिजनल एयरपोर्टमा उडान भर्ने योजना बनाएको छ । श्री एयरलाइन्सका मार्केटिङ म्यानेजर अनिल मानन्धरका अनुसार भारतसँगै यसलेे बैंकक तथा श्रीलंका र कोलम्बोमा समेत उडान गर्ने योजना बनाएको छ ।

‘मन्त्रालयले इजाजत दिएपछि हामीले नागरिक उड्डयन प्राधिकरणसँग अन्तराष्ट्रिय उडान अनुमति माग्ने छौ अहिले हामी मन्त्रालयको निर्णय कुरिरहेका छौं,’ उनले भने ।

अहिले श्री एयरलाइन्सले भद्रपुर, बिराटनगर, भैरहवा नेपालगंज र धनगढीमा उडान भरिरहेको छ । भरतपुर र पोखरा विमानस्थल रन-वे सानो भएका कारण उडान गर्न नसकेको उनको भनाइ छ ।

श्री एयरलाइन्ससँग अहिले ३ वटा जहाज छन् । क्यानडाको बम्बार्डियरबाट उत्पादित सीआरजे सिरिजका तीनवटा जेट विमाननै यसले अन्तर्राष्ट्रिय उडान भर्नका लागि प्रयोग गर्ने भएको छ ।

श्रीसँग अहिले ७० सिटे एउटा र ५० सिटे दुईवटा जहाज छन् । जसले भरतपुर र पोखरा बिमानस्थलबाट उडान भर्नका लागि कठीन छ ।

अहिले भएका गन्तब्यबाट मात्रै राम्रो मुनाफा गर्न नसक्ने देखिएपछि श्रीले भारतको पनि उडान थाल्न लागेको हो । अब नेपालमा उडान भर्नका लागि आफुहरुसँग गन्तब्य नै बाँकी नभएका कारण अन्तर्राष्ट्रिय उडान गर्न खोजेको मानन्धर बताउँछन् ।

श्री सँग भएका जहाजले नियमित ४ घन्टा सम्म उडान गर्न सक्छन् । ४ घन्टामा श्रीलंका , बैंकक र भारतसम्म पुगिने भएका कारण यी गन्तब्य आफ्नो रोजाइमा परेको मानन्धरको भनाई छ ।

आन्तरिक उडानका लागि उडान अनुमति पाउनका लागि यसले ठूलो सास्ती बेहार्नु परेको थियो । गत चैतमा विमान ल्याएको यसले साउनदेखि मात्रै उडान थालेको थियो । लामो समय उडान नगरी होल्ड भएर विमान बस्दा यसले ठूलो आर्थिक नोक्सानी समेत बेहोर्नुपरेको थियो ।

यसले अन्तर्राष्ट्रिय उडान अनुमति पाएपछि मात्रै विमान थप्ने योजना बनाएको छ । ‘उडान अनुमति पाएपछि हामीले थप बिमान समेत थप्ने योजना बनाएका छौं, तर सुरुवातमा भने हामीले यी तीनै विमानबाट उडान भर्ने योजना बनाएका छौ,’ मानन्धर भन्छन् ।

श्री एयरलाइन्स हेलिकोप्टर कम्पनी पनि हो । जसले अन्तर्राष्ट्रिय मिसन्मा जान लागेका नेपाली सेनाहरुलाई गन्तब्य समेत पुर्‍याउँदै आएको थियो । सन् २००९ देखि २०१४ सम्म श्री एयरलाइन्सले यस्तो खालको सेवा दिएको थियो ।

‘हेलिकोप्टरबाट हामीले अन्तर्राष्ट्रिय उडान गरिसकेका कारण जहाजका लागि पनि उडान अनुमति पाउँछौ्र भन्ने हामीले आशा गरेका छौं,’ मानन्धर भन्छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस