गृहपृष्ठ ∕ समाचार ∕ मृग भनेर गोली ताक्दा महिला घाइते मृग भनेर गोली ताक्दा महिला घाइते पुलेसो ७ पुस, २०७८, बुधबार १७:११ काठमाडौँको टोखास्थित झोरको जंगलमा मृग भनेर गोली ताक्दा एक महिला घाइते हुनुभएको छ ।आज दिउँसो स्थानीय चासेडाँडाका चारजना युवा शिकार खेल्न झोरको जंगलमा जाँदा मृग भनेर गोली ताक्दा झोरकी ३५ वर्षीया दुर्गा दुलाल घाइते हुनुभएको हो । महानगरीय प्रहरी परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकले महिलालाई घाँस काट्न गएको बेला गोली प्रहार भएको जानकारी दिनुभयो । गोली प्रहार गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिइसकिएको उहाँले बताउनुभयो ।घाइते दुलालको उपचारका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखामा लगिएको र घाइतेको अवस्था सामान्य रहेको छ । (रासस) तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका