Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारलागूऔषध एम्पुलसहित दुर्इ जना विदेशी नागरिक पक्राउ

लागूऔषध एम्पुलसहित दुर्इ जना विदेशी नागरिक पक्राउ


लागूऔषध एम्पुलसहित दुर्इ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको रक्सौलाका रमेश कुमार र रसियन नागिरक भिक्टोर छिगानोभ छन् । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ३५ सय थान एम्पुलसहित रमेशलार्इ र एक किलो ४ सय ग्राम चरेससहित भिक्टोरलार्इ पक्राउ गरिएको जानकारी दिएको हो ।

ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक ठूले राईले एम्पुल सहितको लागुऔषध लुकाईछिपाई राखिएको अवस्थामा काठमाडौंको कलंकीबाट सोमबार भारत रक्सौलका रमेशलाई पक्राउ गरिएको बताए ।

भिक्टोरलार्इ भने मंसीर २९ गते १ किलो ५ सय ग्राम चरेससहित पक्राउ गरिएको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस