यो मोलतोल कि ओलीको पोजिसन खोल ?
माधव नेपाल आफ्ना मान्छेलाई कम्तिमा ३ नम्बर प्रदेशमा मुख्यमन्त्री बनाउन चाहन्छन्
पुलेसो ७ पुस, २०७८, बुधबार १६:४९
एमाले माओवादीसँग तालमेलका साथ चुनाव लड्यो र संविधानसभामा हारेकै काठमाडौंबाट माधव नेपालले चुनाव जिते । चुनाव हुन्जेल मौन बसेका माधवकुमार नेपाल चुनाव सकिएपछि सरकार निर्माण, मन्त्री, प्रदेश मुख्यमन्त्री नियुक्ती र समानुपातिक सांसद मनोनयन गर्ने बेलामा आएर बोलेका छन्– एमालेको नीति, प्रचण्डको नेतृत्वको विकल्प छैन ।
एमालेको नीति र प्रचण्डको नेतृत्वको विकल्प छैन भनेको के हो ? केपी ओलीलाई प्रधानमन्त्री, पार्टी एकीकरण भएपछि प्रचण्डलाई अध्यक्ष बनाउने भनेको होइन ।
माधव नेपालले यसो भन्नुको अर्थ ओली पार्टी अध्यक्ष हुन्जेल आफ्ना कुरा मान्न, मनाउन नसकिने भएकाले प्रचण्ड अघि सारेर ओलीको झाँको झार्न खोजेको होइन त यो ?
माधव नेपाल आफ्ना मान्छेलाई कम्तिमा ३ नम्बर प्रदेशमा मुख्यमन्त्री बनाउन चाहन्छन् । उनी हुन् राजेन्द्र पाण्डे ।
त्यत्तिका लागि ओलीलाई खबरदारी गर्न माधव नेपालले प्रचण्डलाई काँधमा बोक्नसमेत तैयार भएका छन् । ओली समूहका नेताहरु माधव नेपालको यो सार्वजनिक प्रतिक्रियाबाट उतर्सिएका छन् र यसबाट अष्टलक्ष्मी शाक्यको स्थिति मजबुत बनेको देखिदैछ ।