Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकसलाई सोध्नु मायालुको गाउँ भन्दै आए सन्दिप परियार (भिडियोसहित)

कसलाई सोध्नु मायालुको गाउँ भन्दै आए सन्दिप परियार (भिडियोसहित)


नेपाली सुगम संगीतको क्षेत्रमा क्रियाशिल संचारक्रर्मी तथा युवा गायक सन्दिप परियारको “मायाँलुको गाउँ” बोलको गीत सार्बजनिक भएको छ। पत्रकार परियार संगीतको बिद्यार्थी समेत हुन, उहिले एक दर्जन आधुनिक तथा लोकदोहरी गीतहरुमा स्वर दिईसकेका छन् ।

मायालुको गाउँ बोलको गितमा संगीतकार प्रमोद पन्तले उत्कृष्ट संगीत भरेका छ्न भने उक्त गीतलाई मनोज बाराकाटी ‘सानु’ ले लेखेका हुन्। गितको भिडियोमा सि.यम. भार्दोज सुवेदी, अस्मिता विश्वकर्मा, अमिन कार्की, धिरज पुन मगर, सिर्जु बराल र रिचा राउत कलाकारको अभिनय रहेको छ।

गीतको भिडियोलाईलाई रिचा राउतले कोरियोग्राफी गरिकी हुन । ललितपुरको लेलेको सुन्दर दृष्यलाई म्युजिक भिडियोमा कैद गरिएको छ । गीतको छायांकन, सम्पादन र निर्देशन संजिब पौडेलले गरेका छन्।

कन्सेप्ट क्रिशन इन्टरटेन्मेट प्रा.लि.को ब्यानरमा निर्माण भएको उक्त गीतलाई जिनियस म्युजिक प्रालिले बजारमा ल्याएको हो । गितलाई युट्युव च्यानलमा पनि सार्वजनिक गरिएको छ।




तपाईको प्रतिक्रिया दिनुहोस