ऐश्वर्य पोष्टर सार्वजनिक
पुलेसो २३ भदौ, २०७८, बुधबार १६:३४
एकाएक नेपाली चलचित्र क्षेत्रबाट हराएका चर्चित नायक रमेश उप्रेती फेरि नेपाली चलचित्रमा कमब्याक भएका छन् । केहि समय पहिले ब्रासलेट नामक चलचित्रमा नायकका रूपमा देखिएका उप्रेतीले उक्त चलचित्रबाट खासै चर्चा पाएनन् ।
फेरि एक पटक एश्वर्यमा धमाकेदार ईन्ट्री गर्ने भएका छ्न । केही साता अधि फिल्म ऐश्वर्य सार्वजनिकको सुन्दर भिडियो गीत ‘तिमि रोएको पल’ सार्वजनिक भएकै दिन देखि चर्चामा रहेको छ । चल्तीका गायक सुगम पोखरेल र अन्जु पन्तको स्वरमा रहेको गीतमा संगीत अर्जुन पोखरेलले भरेका हुन ।
गीतले चर्चा पाउदै गर्दा लगत्तै नै रिलिज भएको टिजर हेर्नेको संख्या युट्युबमा प्रत्येक दिन भिवर्सको संख्या बढिरहेको छ । मंगलबार ऐश्वर्यको पोष्टर पनि रिलिज गरिएको छ । पोष्टरमा पनि ऐश्वर्यका लागी रमेश र प्रशान्त विचको टक्करलाई देखाउन खोजिएको छ । पोष्टरलाई टौवा क्रियसनले डिजाइन गरेको हो ।
फिल्ममा रमेश उप्रेती, प्रषान्त, डेब्यु नायिका दीपिका सुपर मोडलको भूमिकामा छिन । साथै चलचित्रमा चर्चित नायिका केकी अधिकारी , हास्यकलाकार निर्मल शर्मा, अर्जुन श्रेष्ठ लगायतको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । निर्मल शर्मा कार्यकारी निर्माता रहेको चलचित्रलाई लेखन तथा निर्देशन दिवाकर भट्टराईले गरेका हुन भने सुदीप वरालले चलचित्रलाई छायाँकन गरेका हुन ।
युट्युबमा चलचित्रको टिजर गित हेर्नेहरुले मेकिङको धेरै नै प्रसंसा गरेपछि उत्साहित रहेको चलचित्रको टोलिले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिदै केहि दिनमै ट्रेलर रिलिज गर्ने तयारीमा रहेको चलचित्रका नायक रमेश उप्रेतीले बताएका छन । चलचित्र ऐश्वर्य कार्तिक ९ मा देशभर रिलिज हुनेछ । फिल्मलाई अल नेपाल डिसीएनले वितरण गर्नेछ ।