Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारलोकप्रिय नायक राजवल्लभले गरे इन्गेजमेन्ट

लोकप्रिय नायक राजवल्लभले गरे इन्गेजमेन्ट


हरिश जङ्ग क्षेत्री/  सोमबार नेपाली चलचित्र क्षेत्रमा जम्न नसकेपछि बिरक्तिएका नायक केहि समयदेखी अमेरिकामा बसोबास गर्दै आएका छन । एक समयमा नेपाली चलचित्रमा निकै प्रतिभावान कलाकारका रूपमा हेरिएका राजवल्लभ नेपाली चलचित्र क्षेत्रमा धेरै समय टिक्न सकेनन्।

चलचित्रबाट टाढिएका अभिनेता राजवल्लभले अमेरिकामा बस्दै आएकि नेपालको झापा घर भएकी नेपाली युवती प्रतिमा विमलीसङ कोइरालाले इन्गेजमेन्ट गरेका छन् । लामो समयदेखि प्रेममा रहेका नायक कोइराला र विमलीले आफ्नो सम्बन्धलाई अझै प्रगाढ बनाउन इङेजमेन्ट गरेका हुन ।

राजबल्लभ र प्रतिमाले आ-आफ्ना परिवार र आफन्तको उपस्थितिमा इन्ङेजमेन्ट गरेका छन । आफ्नो इन्गेजमेन्टको बारेमा कसैलाई जानकारी नदिए पनी राजबल्भका साथिभाईहरु सामाजिक संजाल फेसबुक र ट्विटर मार्फत इङेजमेन्टको शुभकामना तथा बधाई दिदै इन्गेजमेन्टका फोटोहरु पोष्ट गरेका छ्न ।

पोखरामा हुँदा संचार माध्यममा कार्यक्रम चलाएर चर्चा कमाएका कोइरालाले म पर्खी बसे चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेका हुन् ।  नेपाली चलचित्रमा झुल्किएका कोइरालाले २ दर्जनभन्दा बढी नेपाली चलचित्रमा काम गर्दा कोइराला हलिउडको चलचित्रमा समेत काम गरेका थिए। राजवल्भलाई हाम्रो पनि शुभकामना!!!




तपाईको प्रतिक्रिया दिनुहोस