Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचाररौतहटको चन्द्रपुर नगरपालिकामा मेयर पदका लागि नेकपा एमालेका दुई नेतासँग आधिकारिक टिकट

रौतहटको चन्द्रपुर नगरपालिकामा मेयर पदका लागि नेकपा एमालेका दुई नेतासँग आधिकारिक टिकट


रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरमा नेकपा एमालेका दुई नेताले पार्टीको आधिकारिक टिकट लिएर आएपछि कार्यकर्तामा अन्यौल छाएको छ ।

एमाले नेताहरु उद्दव रेग्मी र बाबुराम दाहाल दुवैले टिकट लिएर गएपछि कार्यकर्ता आक्रोशित भएका छन् । दुवैले प्रदेश नम्बर २ संगठन कमिटीका संयोजक सत्यनारायण मण्डलको हस्ताक्षरमा टिकट लगेका छन् ।

रेग्मीले पाएको टिकट पार्टीको लेटरप्याडमा छ भने दाहालको टिकट निर्वाचन आयोगको उम्मेदवार मनोनयन फारममा मण्डलको हस्ताक्षर छ । बरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्लामै यस्तो अन्यौल भएको भन्दै कार्यकर्ता आक्रोशित भएका छन् ।

टिकट लिएकामध्ये दाहाल माधव नेपाल पक्षका हुन् भने रेग्मी केपी ओली पक्षका हुन् । चन्द्रपुर एमालेको प्रभावक्षेत्र मानिन्छ । तर उम्मेदवारीमै यस्तो गाइजात्रा भएपछि कार्यकर्तामा निराशा छाएको एक एमाले नेताले बताए ।

जिल्ला अध्यक्ष कमल राय यादवले भने बाबुराम दाहाल नै पार्टीको आधिकारिक उम्मेदवार भएको बताए । अनलाइनखबर




तपाईको प्रतिक्रिया दिनुहोस