गृहपृष्ठ ∕ समाचार ∕ भोजपुरका नौवटै स्थानीय तहमा करिब रु ८५ करोड निकासा भोजपुरका नौवटै स्थानीय तहमा करिब रु ८५ करोड निकासा पुलेसो २३ भदौ, २०७८, बुधबार १२:२१ भोजपुरका नौवटै स्थानीय तहका लागि सरकारबाट प्राप्त बजेटको पहिलो किस्ताको रकम निकासा गरिएको छ ।पहिलो किस्ताबापतको जम्मा करिब रु ८५ करोड रकम निकासा गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालय भोजपुरले जनाएको छ ।जिल्लाका कोष तथा लेखा नियन्त्रक ईश्वरीप्रसाद देवकोटाका अनुसार भोजपुर नगरपालिकामा रु ११ करोड ५३ लाख ४८ हजार, षडानन्द नगरपालिकामा रु १२ करोड ९८ लाख ९४ हजार निकासा गरिएको हो ।त्यस्तै, अरुण गाउँपालिकामा रु १० करोड १३ लाख ४० हजार, आमचोक गाउँपालिकामा रु आठ करोड ८७ लाख ६७ हजार, ट्याम्के मैयुङ गाउँपालिकामा रु नौ करोड २१ लाख ५२ हजार, पौवादुङ्मा गापामा रु सात करोड २२ लाख ११ हजार, रामप्रसादराई गापामा रु आठ करोड ७३ लाख १३ हजार, साल्पासिलिछो गापामा रु सात करोड ४३ लाख छ हजार र हतुवागढी गापामा रु आठ करोड ८८ लाख ३३ हजार रकम निकासा भएको छ ।पहिलो किस्ताको रकम भने झण्डै आर्थिक बर्ष शुरु भएको डेढ महिनापछि निकासा भएको हो । यहाँका स्थानीय तहले समयमै बैंक खाता नम्बर नपठाएकाले ढिला भएको कार्यालयको भनाइ छ । रकम निकासा गरिएपछि यता नगरपालिका, गाउँपालिकाले नगरसभा र गाउँसभा धमाधम गरिरहेका छन् । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका