गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ हिक्मत थापाकाे ‘चिबोकका केटीहरू’ सार्वजनिक हुँदै हिक्मत थापाकाे ‘चिबोकका केटीहरू’ सार्वजनिक हुँदै पुलेसो २१ असोज, २०७८, बिहीबार १२:२१ काठमाडौँ – गैर–आवासीय नेपाली सङ्घका कोषाध्यक्ष हिक्मत थापाको कविता सञ्चयन ‘चिबोकका केटीहरू’ असोज २७ गते शनिबार काठमाडौँमा सार्वजनिक हुँदैछ ।नाइजेरियाको बोर्नाे राज्यको चिबोकबाट सन् २०१४ अप्रिल १४ मा एक स्कुलबाट बोकोहरामद्वारा अपहरित २७६ स्कुले छात्राहरूमाथि लेखिएको शीर्ष कविताको शीर्षकबाट नै सञ्चयनको नाम राखिएको छ । सञ्चयनमा थापाले चालिसका दशकदेखि हालसम्म लेखिएका प्रतिनिधिमूलक कविताहरू सङ्ग्रहित गरिएका छन् ।कविताहरू राष्ट्रप्रेम, प्रवासी पीडा र कविको सौन्दर्य चेतले भरिपूर्ण छन् । साङ्ग्रिला बुकले प्रकाशन गरेको ‘चिबोकका केटीहरू’को सम्पादन सुविद गुरागाईले गरेका हुन् । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेकपामा अब विवाद छैन: देवेन्द्र पौडेलपर्यटन उद्योगलाई पुनर्जीवन दिन कार्यदलमेलम्चीको पानी ल्याउन अझै तीन महिना लाग्नेसरकारको राष्ट्रिय आकाङ्क्षालाई कर्मचारीले पूरा गर्नुपर्छ :… धेरै पढिएका