Techie IT
×
२७ असार, २०७७, शनिबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रतिभागायक लामिछानेद्धारा ‘यो शहर’कविता संग्रह सार्वजनिक

गायक लामिछानेद्धारा ‘यो शहर’कविता संग्रह सार्वजनिक


भक्तपुर – साहित्यकार रघुराम न्यौपानेको कविता संग्रह ‘यो शहर’ सार्वजनिक गरिएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका ७ वागेश्वरी चारघर चौतारास्थित लोक गायक बुद्धिकृष्ण लामिछानेको घर मै पुगेर उनकै हातबाट कविता संग्रह विमोचन गरिएको हो ।

विगत तीन वर्षदेखि प्यारालााईसिस र अन्य रोगले ओछ्यान मै थलिएका साहित्यकार लामिछानेको सम्मान स्वरुप साहित्यकार र संचारकर्मीको टोली उनकै घरमा पुगेर पुस्तकको विमोचन गरिएको हो ।विमोचन पछि गायक लामिछानेले यो अवसर र सम्मान दिएकोमा खुसी व्यक्त गरे।

उनले गीत, संगीत र साहित्य कहिल्यै मार्न नहुने बताउँदै यसको विकासमा सबैलाई लाग्न आग्रह गरे । कार्यक्रममा लेखक न्यौपानेले यसअघिका कृति बिक्रीबाट संकलित रकम मध्ये नगद रु. १० हजार गायक लामिछानेको स्वास्थ्य उपचारका लागि प्रदान गरे ।

कार्यक्रममा लेखक न्यौपानेले उपचार नपाएर थलिएका गायक लामिछानेको सम्मान स्वरुप उनकै घरमा आएर आफ्नो पुस्तक विमोचन गरेको बताउँदै सरकारलार्ई उनको उपचारको लागि उचित व्यबस्था गरिदिन आग्रह पनि गरेका छन् ।स्वास्थ्य उपचारमा सहयोग पुर्याउन आफूले रकम प्रदान गरेको बताउँदै उनले साहित्य, गीत संगीतको क्षेत्रमा लाग्ने कलाकारको नाजुक अबस्था देखेर दुःख लागेको बताए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगार्ई)ले उनको घरको अवस्था र स्वास्थ्य अवस्था देखेर आफूलाई मर्माहित बनाएको बताउँदै उनको उचित व्यवस्थापनमा सरकारको ध्यान नपुगेको बताए ।त्यस अवसरमा क्रियासिल पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरीले प्यारालाईसिसले ओछ्यान मै पर्नु भएका गायक लामिछानेलाई गीत संगीत क्षेत्रमा लागेको श्रष्टाहरुले पनि सहयोग गर्नुपर्ने औल्याए ।

गायक लामिछानेले उचित स्वास्थ्य उपचार पाएमा स्वास्थ्यमा सुधार आउने बताउँदै एउटा गायक, श्रष्टा र देशको गहनाको रुपमा रहेका गायक २४ सै घण्टा ओछ्यानमा बस्नु पर्दाको पीडा महसुस गर्न नसक्ने भन्दै उपचारको व्यवस्था गर्न ढिलाई गर्न नहुने बताए ।




तपाईको प्रतिक्रिया दिनुहोस