Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठशिक्षाप्रदेश २ को रद्द र स्थगित एसईई परीक्षा चैत २२ देखि हुने

प्रदेश २ को रद्द र स्थगित एसईई परीक्षा चैत २२ देखि हुने


जनकपुरधाम –  प्रदेश २ को रद्द र स्थगित गरिएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षा चैत २२  गतेदेखि निरन्तर हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको सोमबार बिहान बसेको बैठकले चैत २२ देखि २९ गतेसम्म परीक्षा लिने निर्णय गरेको हो । बोर्डले २२ गते विज्ञान, २३ गते सामाजिक विषयको परीक्षा लिइने जनाएको छ। यी दुवै विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो।

यसैगरी २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्राविधिक विषयहरुको परीक्षा हुने प्रदेश २ को शिक्षा निर्देशनालयले जनाएको छ ।

 प्रश्नपत्र बाहिरिएपछि प्रदेश सरकारले त्यहाँको परीक्षा स्थगनको निर्णय गरेको थियो ।




तपाईको प्रतिक्रिया दिनुहोस