गृहपृष्ठ ∕ बिचित्र संसार ∕ जन्मियो ३ सय ७५ ग्रामको बच्चा जन्मियो ३ सय ७५ ग्रामको बच्चा पुलेसो १० साउन, २०७८, आईतबार १५:२३ सोसल मिडियामा हालै एक खबरले तहल्का मच्चाइरहेको छ । भारतमा दक्षिण तथा दक्षिण पूर्व एसियाकै सबैभन्दा सानो बच्चा जन्मिएको छ ।हैदराबादस्थित रेन्बो हस्पिटलमा हालै ३७५ ग्रामको बच्चा जन्मिएको छ । आखिर त्यति सानो बच्चा कसरी सकुशल जन्मियो भनेर डाक्टरहरु नै हैरान छन् ।छत्तिसगढको एक दम्पत्तिले ३ सय ७५ ग्रामकी छोरी जन्माएका हुन् । आमा निकिताले गर्भ रहेको २५ औँ हप्तामै छोरी जन्माएका कारण बच्चीको तौल यति कम भएको हो ।डाक्टरका अनुसार सामान्य तालिका भन्दा ४ महिला पहिले बच्चीको जन्म भएको हो । बच्चीको लम्बाई २० सेन्टिमिटर मात्र रहेको छ । उनको जीउ यति सानो छ कि एक मुट्ठीमै समाउन सकिन्छ । आमा र बच्चाको स्वास्थ्य अहिले सामान्य रहेको डाक्टरहरुले बताएका छन् । एजेन्सी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारइतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिकअचम्मको बालक जो आखाँमा पट्टी कसेर मान्छेको…अनुहार चम्काउन भन्दै कुकुरको मुत्रपान !आफ्नो देशको प्रत्येक गोलमा लुगा फुकाल्ने पेरुकी… धेरै पढिएका