१६ वैशाख, २०८१
    {
राजनीति / प्रविधि / समाचार

चाडबाडमा सार्वजनिक यातायात सहज बनाइने

  • पुलेसो
  • २०८० असोज १७ बुधबार
चाडबाडमा सार्वजनिक यातायात सहज बनाइने

काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले दसैँ, तिहार र छठ पर्वको समयमा बढी आवतजावत हुने भएकाले सो समयमा सार्वजनिक यातायातलाई सहज बनाइने बताए।

प्रतिनिधि सभा अन्तर्गतको यातायात पूर्वाधार विकास समितिको आजको बैठकमा मन्त्री ज्वालाले सीमित स्रोतका बाबजुद पनि चाडबाडमा सार्वजनिक यातायात यात्रुमैत्री बनाउन सरकारले विशेष ध्यान दिने बताए।उनले भने, “बजेट कम भए पनि चाडबाडलाई लक्षित गरी राजमार्गको मर्मत तथा कच्ची सडक स्तरोन्नतिका लागि सम्बन्धित निकायबिच आवश्यक समन्वय र सहजीकरण गर्न सरकार प्रतिबद्ध छ ।”

निरन्तरको वर्षाका कारण सडक मर्मत प्रभावित भइरहेको जनाउँदै मन्त्री ज्वालाले दसैँलगायतका पर्वमा यात्रा गर्नेका लागि अग्रिम टिकट बुकिङदेखि विनासास्ती गन्तव्य पुग्ने र फर्कनका लागि सहज बनाउनका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।

यस वर्षको दसैँको अवसरमा काठमाडौँ उपत्यकाबाट कम्तीमा १५ लाख यात्रु विभिन्न जिल्लामा जाने अनुमान गरिएको छ । सरकारले दसैँलगायतका चाडपर्वका लागि दैनिक उपभोग्य वस्तुलगायतमा हुन सक्ने कालो बजारी, मिसावट, कृत्रिम अभाव रोक्नका लागि प्रभावकारी संयन्त्र परिचालन गरिरहेको उनको भनाइ छ । 

  

बैठकमा समिति सदस्य ठाकुर गैरे, महेश बस्नेत, प्रतिमा गौतम, दिनेशकुमार यादव, माधव सापकोटालगायतले चाडबाडलाई लक्षित गरी यात्रुको यात्रा सहज बनाउन प्रत्येक स्थानीय तहलाई सडक मर्मत र स्तरोन्नतिका लागि आवश्यक बजेट उपलब्ध गराउन माग गरेका थिए । 

चाडपर्वलाई सुखद बनाउन यात्रुको सुरक्षामा ध्यान दिन उनीहरूले आग्रह गरे । दसैँमा घर जाने सन्दर्भमा उपत्यकाबाट बाहिरिने नाकामा हुने सवारीको चाप व्यवस्थापन तथा यात्राका क्रममा होटलमा यात्रुको खानामा हुन सक्ने मूल्य वृद्धि नियन्त्रणका लागि पनि ध्यान दिन उनीहरूले सुझाव दिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो...

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ । यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक...

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो ३४० रनको विशाल लक्ष्य

चार्टर्ड एकाउण्टेनमा भविष्य राम्रो छ :...

काठमाडौँ - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सम्भावना भएको पेशा चार्टर्ड एकाउण्टेन रहेको बताएका छन् ।

बिहीवार काठमाडौँमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाले...

चार्टर्ड एकाउण्टेनमा भविष्य राम्रो छ : गभर्नर अधिकारी