१८ वैशाख, २०८१
    {

पहिलो हाफमा नेपालविरुद्ध कुवेतलाई २-० को अग्रता

  • पुलेसो
  • २०८० असार ०६ बुधबार
पहिलो हाफमा नेपालविरुद्ध कुवेतलाई २-० को अग्रता

पहिलो हाफमा नेपालविरुद्ध कुवेतलाई २-० को अग्रता

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको बुधबार भएको उद्घाटन खेलमा कुवेतले पहिलो हाफमै नेपालविरुद्ध दुई गोल गरेको छ । भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा कुवेतका लागि पहिलो गोल खेल सुरु भएको २३ औं मिनेटमा खालिद हाजिइयाले गरेका थिए ।  आफ्ना साथीले बायाँतर्फको कर्नरबाट उपलब्ध पासलाई सदूपयोग गर्दै उनले खाली पोष्टमा गोल गरेका थिए ।

त्यतिबेला नेपाली टोलीका गोलरक्षक किरणकुमार लिम्बु पनि अगाडि बढेका थिए । दोस्रो गोल भने निर्धारित समयको ४१औं मिनेटमा एसखालदीले गरेका हुन् । उनले डिबक्सभित्रबाट गरेको प्रहार गोलरक्षक किरणलाई समेत छक्याउँदै गोलमा परिणत भएको थियो । 

त्यसअघि खेलको ३५ औं मिनेटमा अञ्जन बिष्टले विपक्षीको डीबक्स नजिकै बल पाएका थिए । कुवेतका डिफेन्ससमेत केही पछाडि थिए । तर, बल मिलाउन केही समय लाग्दा उनी गोल गर्नबाट चुके । त्यसलगत्तै ३५औं मिनेटमै मोहम्मद अब्दुल्लाहको हेड प्रहार पोष्टमा लागेर फर्किएपछि नेपाल गोल खानबाट जोगिएको थियो ।  दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप बुधबारदेखि सुरु भएको हो । पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको यो १४ औं संस्करण हो । यसपटक साफ च्याम्पियनसिपमा आठवटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, भुटान, पाकिस्तान, माल्दिभ्स, कुवेत र लेबनानले प्रतिस्पर्धा गर्दैछन् । 

विश्व फुटबल महासंघ ९फिफा० को प्रतिबन्धमा परेका कारण श्रीलंकाले भने यो संस्करणमा सहभागिता जनाउन पाएन । यसपटक कुवेत र लेबनानलाई भने आमन्त्रित टोलीको रुपमा सहभागी गराइएको हो । नेपाल साफ च्याम्पियनसिपको साविक उपविजेता टोली हो ।  पहिलो दिन बधुबार नै साँझ आयोजक भारत र पाकिस्तानबीच अर्को खेल हुनेछ । कुवेत र नेपालबीच पछिल्लो पटक गत वर्षको जेठमा प्रतिस्पर्धा भएको थियो । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत कुवेतमा भएको उक्त खेलमा घरेलु टोलीले नेपाललाई ४–१ गोलले हराएको थियो ।


नेपाल र कुवेतबीच हालसम्म नौवटा खेल भएको छ । त्यसमध्ये आठवटा खेलमा कुवेत विजयी भएको छ । एक खेल भने बराबरीमा सकिएको छ । यसपटक प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् ।  समूह ‘बी’ मा भने लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल असार ९ गने भारतसँग खेल्नेछ । नेपालले तेस्रो तथा अन्तिम खेल असार १२ गने पाकिस्तानसँग खेल्नेछ ।


सबैभन्दा बढी साफ च्याम्पियनसिपको उपाधि जित्ने राष्ट्र भारत हो । भारतले हालसम्म आठ पटकसाफ च्याम्पियनसिपको उपाधि जितेको छ । यसैगरी माल्दिभ्सले दुईपटक साफ च्याम्पियनसिप जितेको छ । बंगलादेश, श्रीलंका र अफगानिस्तानले एकरएक पटक उपाधि जितेका छन् । अफगानिस्तान भने यसपटक प्रतियोगितामा सहभागी छैन ।

प्रतिक्रिया

Pageutter
HARBOUR
Pageutter
Pageutter
Pageutter
Pageutter

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

पहिरो खस्दा पोखरा–बागलुङ खण्ड अवरुद्ध

पर्वत - धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध बनेको छ । पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको...

पहिरो खस्दा  पोखरा–बागलुङ खण्ड अवरुद्ध

एसईईको नतिजा आज सार्वजनिक गरिँदै, यसरी...

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पु¥याएको...

एसईईको नतिजा आज सार्वजनिक गरिँदै, यसरी हेर्न सकिन्छ नतिजा