२०८२, माघ, १०
    {
शिक्षा/स्वास्थ्य / सुदूरपश्चिम प्रदेश / समाचार

गेटामा नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन बाटो देखाए : डा. भट्ट

कसरी आयो स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवधारणा
  • मदन गिरी
  • २०८२, जेठ ५ सोमबार
गेटामा नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन बाटो देखाए : डा. भट्ट

महेन्द्रनगर - सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१’ आइतबार संघीय संसद्बाट पारित भएसँगै कैलालीको गेटामा नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको बाटो खुलेको छ ।

विधेयक पारित भएपछि सुदूरपश्चिममा खुसीयाली छाएको छ। देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको विधेयक पारित भएपछि सोमबार विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले पत्रकार सम्मेलन आयोजना गरी यसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।

स्थानीय स्तरमा २०५६ सालमै गेटामा मेडिकल कलेज स्थापनाको प्रयास सुरु भएको थियो। त्यही वर्ष सरकारले ७७ बिघा जग्गा मेडिकल कलेज स्थापनाका लागि उपलब्ध गराए पनि काम अघि बढ्न सकेको थिएन।२०७१ वैशाखमा मेडिकल कलेजको प्रशासनिक भवन निर्माणका लागि ठेक्का भए पनि काम सुरु भएन। २०७४ वैशाखमा बल्ल गेटा मेडिकल कलेजको प्रशासनिक, कलेज र अस्पताल भवनको शिलान्यास भएपछि संरचना निर्माण कार्य अघि बढ्यो। २०७६ देखि २०७८ सम्म अधिकांश संरचना निर्माण भइसकेका थिए। स्थानीयले गेटामा मेडिकल कलेज सञ्चालनका लागि निरन्तर माग गर्दै आएका थिए। तर, अन्यौलताबीच निर्माण गरिएका भवनहरू खण्डहर हुन थाले।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ का तत्कालीन संघीय सांसद डा. दीपक प्रकाश भट्टले मेडिकल कलेज नभई स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवधारणा अघि सारे। स्थानीय स्तरमा संघर्ष समिति गठन गरी विश्वविद्यालयको मुद्दालाई राष्ट्रिय स्तरमा स्थापित गरियो। स्थानीय लोकराज पाण्डेको संयोजकत्वमा ‘दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ बनाउने मागसहित संघर्ष समिति गठन भयो। 

समिति गठन लगत्तै सांसद भट्टले तत्कालीन नव नियुक्त प्रधानमन्त्री शेर बहादुर देउवालाई संसदमा बधाई दिँदै डोटेली भाषामै गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न माग गरे ।२०८० असार १५ गते प्रतिनिधि सभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले गेटा मेडिकल कलेजको अवस्थाबारे स्थलगत अध्ययन गर्ने निर्णय गरेपछि डा. भट्टको पहलमा समिति सदस्यहरू गेटा मेडिकल कलेज पुगे ।

उक्त अध्ययन टोलीले कलेजका पूर्वाधार, जनशक्ति, र भविष्यका सम्भावनाहरूको मूल्याङ्कन गरेको थियो। प्रतिवेदनमा कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रूपान्तरण गर्न पर्याप्त पूर्वाधार रहेको निष्कर्ष निकालिएको थियो ।
२०७९ फागुन १० गते सुदूरपश्चिम क्षेत्रका अन्य सांसदहरूसँग मिलेर डा. भट्टले तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवालाई गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयमा रूपान्तरण गर्न ज्ञापन पत्र बुझाएका थिए ।२०७९ चैत २५ गते ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ संसदमा अड्किएको अवस्थामा डा. भट्टले शिक्षा, विज्ञान तथा प्रविधि समितिका सभापतिलाई भेटेर विधेयकलाई यथाशीघ्र पारित गर्न दबाब दिएका थिए।

स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीच गेटामा छाता प्रतिष्ठान बनाएर अन्य स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि सोही अन्तर्गत राखेर सञ्चालन गर्ने तयारी थियो । तर, शिक्षा र स्वास्थ्य मन्त्रालय आ–आफ्नो मातहत राख्नुपर्ने दाबीसँग समझदारी भएन । त्यसलाई निकास दिन डा. भट्टकै प्रस्तावमा शिक्षा र स्वास्थ्य मन्त्री सह–कुलपति रहने गरी गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने समझदारी अघि बढ्यो । सरकारले निरन्तर स्थानीय दबाबपछि ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’लाई प्राथमिकताकासाथ अगाडि संसदबाट पारित गरेको हो ।

 सरकारले ०८० माघ २९ गतेको मन्त्रिपरिषद् बैठकमार्फत् गेटालाई स्वास्थ्य विज्ञान सम्बन्धी विशिष्टिकृत विश्वविद्यालयको रुपमा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । त्यही निर्णयबमोजिम सरकारले कानुन बनाएर विश्वविद्यालय सञ्चालनको प्रक्रिया अघि बढाएको हो।

कसरी आयो स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवधारणा
स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवधारणा अघि सारेका डा. दीपक प्रकाश भट्टले सुदूरपश्चिमको तत्कालीन स्वास्थ्य सूचकांकले आफूलाई सोच्न बाध्य बनाएको बताए। उनले भने,‘राष्ट्रिय स्वास्थ्य सूचकांकमा सुदूरपश्चिमको अवस्था दोब्बरले कमजोर थियो। अन्य प्रदेशमा स्वास्थ्य प्रतिष्ठानहरू सञ्चालन भइरहँदा सुदूरपश्चिममा एउटा पनि थिएन,’ ।

उनले सुदूरपश्चिम सरकारमातहत रहेका ५० शैय्याका सेती, महाकाली र टीकापुर अस्पताललाई केन्द्र सरकारलाई हस्तान्तरण गरी हरेकलाई १०० शैय्याका अस्पतालमा स्तरोन्नति गर्न सकिने बताए ।‘केन्द्र सरकारले आउँदो शैक्षिक सत्रदेखि स्वास्थ्य विज्ञान विश्वविद्यालयको आंगिक मेडिकल कलेज बनाएर बिएन, बिएफ, र बिपिटी जस्ता पाठ्यक्रमहरू सञ्चालन गर्ने व्यवस्था सुनिश्चित गर्नुपर्छ,’ 

डा. भट्टले भने ‘लामो संघर्ष र लडाइँपछि सुदूरपश्चिममा स्वास्थ्य विज्ञान विश्वविद्यालय खुल्ने निश्चित भएको छ। यो हामी सबैका लागि खुसीको कुरा हो,’ उनले थपे। ‘म प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भए पनि गेटामा निर्माणाधीन संस्था मेडिकल कलेज वा प्रतिष्ठान नभएर सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग राख्दै तत्कालीन शिक्षा तथा स्वास्थ्य समितिमा निवेदन दिएको थिएँ, बल्ल त्यसले मूर्तता पायो ।’

जापानमा सन् १९१६ मै विश्वको पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यायल स्थापना भएको थियो भने नेपालमा सर्वप्रथम त्रिविअन्तर्गत इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) स्थापना भएपछि चिकित्सा शिक्षाको अध्ययन सुरु भएको थियो । तर, ५३ वर्षसम्म पनि सुदूरपश्चिम क्षेत्रमा यसको अध्ययन हुन सकेको थिएन् । ६ सय शैयाको अस्पताल र मेडिकल कक्षा सञ्चालन गर्न सकिने पूर्वाधार तयार रहेको गेटामा हाल ५० शैयामा अस्पताल चलिरहेको छ । 
 

प्रतिक्रिया

छुटाउनुभयो कि?

शुरु भयो शहीद सप्ताह

काठमाडौँ– निरंकुश राणाशासनको  विरोधमा संघर्ष गर्ने क्रममा ज्यान गुमाएका चार शहीदको सम्झना गर्दै शहीद सप्ताह शुरु भएको छ।
तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शुक्राज शास्त्रीलाई...

शुरु भयो शहीद सप्ताह

रुकुम पूर्वमा भारी हिमपात, मध्यपहाडी लोकमार्ग...

 रुकुमपूर्व । ​रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू ठप्प भएका हुन् ।
सडक अवरुद्ध...

रुकुम पूर्वमा भारी हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध

कांग्रेसले गगनलाई बनायो भावी प्रधानमन्त्रीको उम्मेदवार,...

काठमाडौं । नेपाली कांग्रेसले ५ मापदण्डको आधारमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ।
केन्द्रीय समितिको बैठकपछि ५ वटा मापदण्डको आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको उपसभापति विश्वप्रकाश...

कांग्रेसले गगनलाई बनायो भावी प्रधानमन्त्रीको उम्मेदवार, यस्ता छन् मापदण्ड

कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने...

काठमाडौ  । कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने गौरवको अवस्था आएको बताएका छन् । नेपाली कांग्रेसको सभापति निर्वाचित भएपछि पदभार ग्रहण गर्दै थापाले पार्टीभित्र विभिन्न आरोह अवरोध भए पनि अब...

कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने गौरवको अवस्था आयोः गगन थापा