२०८२, माघ, १०
    {

सशस्त्रका असई दन्तबहादुरले टेके सगरमाथाको चुचुरो

  • पुलेसो
  • २०८२, जेठ ४ आइतबार
सशस्त्रका असई दन्तबहादुरले टेके सगरमाथाको चुचुरो

 काठमाडौं -  सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन्।  जेठ ४ गते बिहान ९ः२० बजे उनले ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेसक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी दिए।
सहायक निरीक्षक छत्यालले बैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए। तराई पहाड हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देशसहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण लागि वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
उनलाई वैशाख १४ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित हार्दिक बिदाइ गरेका थिए। 

सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नं. १९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सह–प्रवक्ता शलेन्द्र थापाले जानकारी दिए।  

प्रतिक्रिया

Pageutter
HARBOUR
Pageutter
Pageutter
Pageutter
Pageutter

छुटाउनुभयो कि?

शुरु भयो शहीद सप्ताह

काठमाडौँ– निरंकुश राणाशासनको  विरोधमा संघर्ष गर्ने क्रममा ज्यान गुमाएका चार शहीदको सम्झना गर्दै शहीद सप्ताह शुरु भएको छ।
तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शुक्राज शास्त्रीलाई...

शुरु भयो शहीद सप्ताह

रुकुम पूर्वमा भारी हिमपात, मध्यपहाडी लोकमार्ग...

 रुकुमपूर्व । ​रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू ठप्प भएका हुन् ।
सडक अवरुद्ध...

रुकुम पूर्वमा भारी हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध

कांग्रेसले गगनलाई बनायो भावी प्रधानमन्त्रीको उम्मेदवार,...

काठमाडौं । नेपाली कांग्रेसले ५ मापदण्डको आधारमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ।
केन्द्रीय समितिको बैठकपछि ५ वटा मापदण्डको आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको उपसभापति विश्वप्रकाश...

कांग्रेसले गगनलाई बनायो भावी प्रधानमन्त्रीको उम्मेदवार, यस्ता छन् मापदण्ड

कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने...

काठमाडौ  । कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने गौरवको अवस्था आएको बताएका छन् । नेपाली कांग्रेसको सभापति निर्वाचित भएपछि पदभार ग्रहण गर्दै थापाले पार्टीभित्र विभिन्न आरोह अवरोध भए पनि अब...

कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने गौरवको अवस्था आयोः गगन थापा