भजनी - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान व्यवस्थाको विकल्प पुरानो व्यवस्था हुन नसक्ने बताए ।
जनतासँग माओवादी कार्यक्रमअन्तर्गत तराई–मधेस जागरण हुलाकी मार्ग अभियानका क्रममा कैलालीको टीकापुर नगरपालिका वडा नं। ९ झुँगामा आज आयोजित खबरदारी सभामा उनले भने जनताको ठूलो बलिदान र त्यागबाट जनताको सार्वभौम अधिकार स्थापित भएको बताउँदै त्यसको विकल्पमा अर्को व्यवस्था हुनै सक्दैन ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच आउने गतिविधि हुन नदिन सबै राजनीतिक दल र सम्पूर्ण नेपाली जनता एकताबद्ध हुनुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले संविधान कार्यान्वयन तथा आवश्यकताअनुसार संशोधन पनि गर्नुपर्ने बताए। देश विकासको जनचाहना पूरा गर्न सरकार पनि इमानदारीपूर्वक लाग्नुपर्ने उनको सुझाव थियो । साथै उनले जनभावना अनुसार काम गर्न र आन्दोलनरत पक्षका जायज माग पूरा गर्न सरकारलाई आग्रह गरे ।
काठमाडौंँ । गीतकार लोकराज अधिकारीको शब्द तथा गोविन्द मधुर आचार्यको संगीत रहेको गीत ‘ए कान्छा’ सार्वजनिक गरिएको छ ।
ज्याक्लिन पेरालेज–फ्लेमिङको स्वर रहेको गीतको संगीत संयोजन...
तानसेन (पाल्पा) - यहाँको तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित अनौठो जोगीपानी कुवा ओझेलमा परेको छ ।
बोल्न नसक्ने बच्चालाई यस कुवाको पानी खुवाएमा बोल्न सक्छन् भन्ने जनविश्वास रहिआएको उक्त...
धुलिखेल - आदिवासी जनजाति समुदायअन्तर्गत लोपोन्मुख हायु जातिका समुदाय आफ्नो भाषा संरक्षणमा जुटेका छन् ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० बाल्टिङमा रहेको सो समुदायलाई भाषा, संंंस्कार र संस्कृति...
म्याग्दी - विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका...
प्रतिक्रिया