२०८२, जेठ, ७
    {
राजनीति / बागमती प्रदेश / समाचार

संसद्को बहस शिक्षक आन्दोलनमा केन्द्रित

  • पुलेसो
  • २०८२, वैशाख १६ मंगलबार
संसद्को बहस शिक्षक आन्दोलनमा केन्द्रित

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आन्दोलनरत शिक्षकका मागप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसका सचेतक सुशीला थिङले शिक्षकहरूको जायज माग तत्काल सम्बोधन गर्न माग गरिन्। उनले सरकारलाई शिक्षकहरूसँग यसअघि पटक पटक भएका सम्झौताहरू कार्यान्वयन गर्न र शिक्षकहरूलाई पनि संयमित बन्न आग्रह गरिन् ।  

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरैले शिक्षकका सबै माग एकै पटक पुरा गर्न सम्भव हुने खालको नरहेको भन्दै पुरा गर्न सकिने जायज माग पुरा गर्न सरकारका लागिरहेको बताए । उनले ८० को दशकलाई नेपालको विकास र समृद्धिको दशक बनाउने, विकास, सामाजिक न्याय, सुशासन र समृद्धिका आंकाक्षा पुरा गर्ने दिशामा रहेकाले संसद् पनि त्यसप्रति गम्भीर बन्नुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले सरकारले शिक्षकहरूसँग यसअघि भएका सम्झौता कार्यान्वयन नगरेका कारण अहिलेको अवस्था सिर्जना भएको आरोप लगाए । उनले सरकारलाई शिक्षकको माग र आन्दोलनप्रति गम्भीर बन्न र जायज माग पुरा गर्न आग्रह समेत गरे ।  

 

बैठकमा सांसदहरु विनिता कठायत, पशुपति शमशेर जवरा, मेटमणी चौधरी, विरेन्द्र प्रसाद महतो, रामप्रकाश चौधरी, प्रेम सुवाल, प्रभु शाह, डा।अमरेशकुमार सिंह, देवप्रसाद तिमलसेना, दामोदरप्रसाद बैरागी नागीना यादव लगायतका सांसदले शिक्षक आन्दोलन, भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना लगायतका समसामयिक विषयमा धारणा राखेका थिए । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

‘ए कान्छा’मा युबिन र मञ्जुको रोमान्स

काठमाडौंँ । गीतकार लोकराज अधिकारीको शब्द तथा गोविन्द मधुर आचार्यको संगीत रहेको गीत ‘ए कान्छा’ सार्वजनिक गरिएको छ ।

ज्याक्लिन पेरालेज–फ्लेमिङको स्वर रहेको गीतको संगीत संयोजन...

‘ए कान्छा’मा युबिन र मञ्जुको रोमान्स

ओझेलमा अनौठो कुवा

तानसेन (पाल्पा) - यहाँको तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित अनौठो जोगीपानी कुवा ओझेलमा परेको छ ।

बोल्न नसक्ने बच्चालाई यस कुवाको पानी खुवाएमा बोल्न सक्छन् भन्ने जनविश्वास रहिआएको उक्त...

ओझेलमा अनौठो कुवा

भाषा संरक्षणमा जुट्दै हायु समुदाय

धुलिखेल - आदिवासी जनजाति समुदायअन्तर्गत लोपोन्मुख हायु जातिका समुदाय आफ्नो भाषा संरक्षणमा जुटेका छन् ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० बाल्टिङमा रहेको सो समुदायलाई भाषा, संंंस्कार र संस्कृति...

भाषा संरक्षणमा जुट्दै हायु समुदाय

पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय...

म्याग्दी - विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका...

पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द