काठमाडौँ - प्रतिनिधि सभाको आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेस भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१ पेस गरेको हो ।
सभाले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री पाण्डेले नेपालको नागरिक उड्डयन सेवालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप प्रभावकारी र कार्यान्वयनमुखी संरचना बनाउन आवश्यक रहेको बताए ।
मन्त्री पाण्डेले नेपाली आकाशलाई गतिशिल सुचारु र सुरक्षित बनाउने दिशामा विधेयक र यसपछि बन्ने संरचनाहरूले काम गर्ने विश्वास व्यक्त गरे । उनले नागरिक उड्डयन सेवालाई सुरक्षित, नियमित, स्तरीय भरपर्दो र सर्वसुलभ बनाउन विधेयकको उद्देश्य रहेको बताए।
विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले विधेयकलाई समयानुसार थप परिमार्जन गरी अन्तराष्ट्रियस्तरमा नेपालको आकाश सुरक्षित छ भन्ने सन्देश दिन सक्ने गरी विधेयकलाई अगाडी बढाउनुपर्नेमा जोड दिए ।नेपालको वायुसेवालाई भरपर्दो, विश्वसनीय र मर्यादित बनाउनेगरी विधेयक संशोधनसहित समृद्ध बनाउन जरुरी रहेको सांसदहरुले औँल्याए ।
प्रतिनिधि सभाको अर्को बैठक भोली बिहान ११ बजे बस्ने छ ।
काठमाडौंँ । गीतकार लोकराज अधिकारीको शब्द तथा गोविन्द मधुर आचार्यको संगीत रहेको गीत ‘ए कान्छा’ सार्वजनिक गरिएको छ ।
ज्याक्लिन पेरालेज–फ्लेमिङको स्वर रहेको गीतको संगीत संयोजन...
तानसेन (पाल्पा) - यहाँको तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित अनौठो जोगीपानी कुवा ओझेलमा परेको छ ।
बोल्न नसक्ने बच्चालाई यस कुवाको पानी खुवाएमा बोल्न सक्छन् भन्ने जनविश्वास रहिआएको उक्त...
धुलिखेल - आदिवासी जनजाति समुदायअन्तर्गत लोपोन्मुख हायु जातिका समुदाय आफ्नो भाषा संरक्षणमा जुटेका छन् ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० बाल्टिङमा रहेको सो समुदायलाई भाषा, संंंस्कार र संस्कृति...
म्याग्दी - विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका...
प्रतिक्रिया