काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्राकृतिक विपत्तिबाट पनि सुरक्षित नेपाल निर्माण गर्ने अभियानमा लागेको बताए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखा भूकम्पको दशौँ स्मृति दिवसका अवसरमा धरहरा परिसरमा आयोजना गरेको सभामा प्रधानमन्त्री ओलीले सरकारले जनता आवास कार्यक्रमअन्तर्गत सुरक्षित एकीकृत वस्ति निर्माण गर्न कानून निर्माण गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
प्रधानमन्त्री ओलीले गोरखा भूकम्पमा परि पुरातात्त्विक र ऐतिहासिक धरहरालगायत लाखौँ संरचनाहरू भत्किएको अवस्थामा नेपालले असाधारण पुन निर्माणको काम सम्पन्न गरेको बताए । प्रधानमन्त्री ओलीले २०७२ को भूकम्पले क्षति पुर्याएका संरचनाहरूको असाधारण पुनर्निर्माण भएको स्मरण गर्दै यस कार्यमा सहयोग गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद ज्ञापन गरे । सभामा गृहमन्त्री रमेश लेखकले सरकार जुनसुकै विपद् जोखिम न्युनिकरण र सामना गर्नका लागि आवश्यक काम गरिरहेको बताए ।
गृहमन्त्री लेखकले नेपाल भूकम्पको उच्च जोखिममा रहेकाले संरचनाहरू निर्माण गर्दा भवन संहिता अनिवार्य पालना गर्नुपर्नेमा जोड दिए । सभामा प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भुषालले विपद् व्यवस्थापनका लागि प्राधिकरणले सूचना प्रविधिको प्रयोगमार्फत निरन्तर काम गरिरहेको जानकारी गराए ।
यस अवसरमा धरहरा परिसरमा २०७२ को भूकम्पमा परि ज्यान गुमाउनेहरूको सम्झनामा प्रधानमन्त्री, गृहमन्त्री, शहरी विकामन्त्रीलगायतले दीप प्रज्वलन गरे ।
काठमाडौँ– निरंकुश राणाशासनको विरोधमा संघर्ष गर्ने क्रममा ज्यान गुमाएका चार शहीदको सम्झना गर्दै शहीद सप्ताह शुरु भएको छ।
तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शुक्राज शास्त्रीलाई...
रुकुमपूर्व । रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू ठप्प भएका हुन् ।
सडक अवरुद्ध...
काठमाडौं । नेपाली कांग्रेसले ५ मापदण्डको आधारमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ।
केन्द्रीय समितिको बैठकपछि ५ वटा मापदण्डको आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको उपसभापति विश्वप्रकाश...
काठमाडौ । कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने गौरवको अवस्था आएको बताएका छन् । नेपाली कांग्रेसको सभापति निर्वाचित भएपछि पदभार ग्रहण गर्दै थापाले पार्टीभित्र विभिन्न आरोह अवरोध भए पनि अब...
प्रतिक्रिया