काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्राकृतिक विपत्तिबाट पनि सुरक्षित नेपाल निर्माण गर्ने अभियानमा लागेको बताए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखा भूकम्पको दशौँ स्मृति दिवसका अवसरमा धरहरा परिसरमा आयोजना गरेको सभामा प्रधानमन्त्री ओलीले सरकारले जनता आवास कार्यक्रमअन्तर्गत सुरक्षित एकीकृत वस्ति निर्माण गर्न कानून निर्माण गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
प्रधानमन्त्री ओलीले गोरखा भूकम्पमा परि पुरातात्त्विक र ऐतिहासिक धरहरालगायत लाखौँ संरचनाहरू भत्किएको अवस्थामा नेपालले असाधारण पुन निर्माणको काम सम्पन्न गरेको बताए । प्रधानमन्त्री ओलीले २०७२ को भूकम्पले क्षति पुर्याएका संरचनाहरूको असाधारण पुनर्निर्माण भएको स्मरण गर्दै यस कार्यमा सहयोग गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद ज्ञापन गरे । सभामा गृहमन्त्री रमेश लेखकले सरकार जुनसुकै विपद् जोखिम न्युनिकरण र सामना गर्नका लागि आवश्यक काम गरिरहेको बताए ।
गृहमन्त्री लेखकले नेपाल भूकम्पको उच्च जोखिममा रहेकाले संरचनाहरू निर्माण गर्दा भवन संहिता अनिवार्य पालना गर्नुपर्नेमा जोड दिए । सभामा प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भुषालले विपद् व्यवस्थापनका लागि प्राधिकरणले सूचना प्रविधिको प्रयोगमार्फत निरन्तर काम गरिरहेको जानकारी गराए ।
यस अवसरमा धरहरा परिसरमा २०७२ को भूकम्पमा परि ज्यान गुमाउनेहरूको सम्झनामा प्रधानमन्त्री, गृहमन्त्री, शहरी विकामन्त्रीलगायतले दीप प्रज्वलन गरे ।
काठमाडौंँ । गीतकार लोकराज अधिकारीको शब्द तथा गोविन्द मधुर आचार्यको संगीत रहेको गीत ‘ए कान्छा’ सार्वजनिक गरिएको छ ।
ज्याक्लिन पेरालेज–फ्लेमिङको स्वर रहेको गीतको संगीत संयोजन...
तानसेन (पाल्पा) - यहाँको तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित अनौठो जोगीपानी कुवा ओझेलमा परेको छ ।
बोल्न नसक्ने बच्चालाई यस कुवाको पानी खुवाएमा बोल्न सक्छन् भन्ने जनविश्वास रहिआएको उक्त...
धुलिखेल - आदिवासी जनजाति समुदायअन्तर्गत लोपोन्मुख हायु जातिका समुदाय आफ्नो भाषा संरक्षणमा जुटेका छन् ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० बाल्टिङमा रहेको सो समुदायलाई भाषा, संंंस्कार र संस्कृति...
म्याग्दी - विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका...
प्रतिक्रिया