धरान - जिल्लाको रामधुनी नगरपालिकासँगको सहकार्यमा रामधुनी थारु महिलासभा कार्यसमितिले ढकिया बुन्ने तालिम उपलब्ध गराएपछि यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् ।
आयआर्जनका साथै माहिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको हो ।रामधुनी–५ का सङ्गीता चौधरीले १५ वर्षदेखि सिलाइबुनाइ गर्दै आएकोमा अहिले योसँगै ढकिया बुन्ने व्यवसाय सुरु गरेकी छिन् । पहिले सीप अभावले काममा चुनौती र समस्या भए पनि पछिल्लो समय विभिन्न सङ्घसंस्थाले तालिम दिएपछि आफू आत्मनिर्भर हुनुका साथै अन्य महिलालाई प्रशिक्षक भएर सीप सिकाइरहेको उनले बताईन् ।उनी अहिले महिलालाई ढकिया बुन्ने तालिम दिने गर्छिन् ।
महिलालाई आयआर्जनसँग जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाको सहयोगमा यहाँको महिला सभा कार्यसमितिले ढकिया बुन्ने तालिम उपलब्ध गराउँदै आएको छ । जुन सीपले यहाँका धेरै महिला आत्मनिर्भर बनिरहेका छन् ।ढकिया विशेष गरेर थारु समुदायमा अत्यधिक प्रयोग गरिन्छ । पूजा, विवाहलगायतका कार्यक्रमदेखि मृत्यु संस्कारमा पनि ढकियाको प्रयोग गरिने भएकाले यसको व्यवसायबाट महिला स्वरोजगार बन्दै गएका सङ्गीताले बताईन् ।
पहिले थारु समुदायका सबै महिलाले बुन्ने गरे पनि पछिल्लो समय यो लोप हुँदै गएको भन्दै उनले थारु परम्परा र संस्कृतिसँग जोडिएकाले पनि यसलाई संरक्षण र प्रवर्द्धन गर्न तालिम दिँदै आएको बताईन् । सङ्गीताले अहिले १२ भन्दा बढी किसिमका ढकिया बुन्ने गर्छिन् । यहाँ बुनिएका ढकिया दमक, झापा काठमाडौँ, धनकुटा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा जाने गरेको छ । उनले भनिन्, यसबाट आम्दानीको यकिन हिसाब भने हुँदैन तर यो व्यवसायले घरखर्च र महिलाका निजी आवश्यकता पूरा गर्न भने पुग्छ ।
ढकिया बुन्ने तालिमपछि राम्रो आम्दानी गर्न सकिने रहेछ भनेर आत्मविश्वास बढेको रामधुनी–५ की निलम चौधरीले बताईन् । पहिले ढकिया बुनेर पनि आम्दानी हुन्छ भन्ने लागेको थिएन तर, पछिल्लो समय यसको प्रयोग अत्यधिक बढ्न थाल्यो । विभिन्न कार्यक्रममा मायाको चिनोदेखि लिएर चाडपर्वमा यसको प्रयोग हुने भएपछि तालिम लिएर आम्दानीसँगै स्वरोजगार बनेको उनी बताउँछिन् । आफूले बुनेका ढकिया झापा र सुनसरीका विभिन्न ठाउँबाट माग हुने गरेको निलमको भनाइ छ ।
उनका अनुसार रु पाँच सयदेखि रु चार हजारसम्ममा ढकिया बिक्री हुने गर्दछ । सोही ठाउँकी कञ्चन चौधरीले एक वर्षदेखि ढकिया बुन्न सुरु गरेको सुनाईन् । यो आफ्नै संस्कृतिसँग जोडिएकाले पनि यसलाई जोगाउनु, संरक्षण गर्नु पछिल्लो पुस्ताको कर्तव्य भएकाले तालिम लिएर व्यावसायिक पेसा बनाएकी उनले सुनाईन् ।उनका अनुसार प्रत्येक वर्ष नगरपालिकाको सहयोगमा महिला केन्द्रित भएर ढकिया बुन्ने तालिम सञ्चालन हुन्छ ।
यस्ता सीपमूलक तालिम अन्य क्षेत्रमा पनि आए महिला थप आकर्षित हुनुका साथै रोजगारीका नयाँ अवसर सिर्जना हुने उनको भनाई छ । कञ्चनले महिनामा १० वटाभन्दा बढी ढकिया बुन्न सकिने बताउँदै कहिले सोभन्दा बढी माग पनि आउने गरेको उल्लेख गरिन् । ढकिया बुन्न सके बिक्रीका लागि बजारको अभाव नहुने बताउँछिन् ।
ढकिया विभिन्न किसिम र आकारमा बुन्न सकिने जसमा दौरा, मना, धमालगायतको माग बढी आउने गर्दछ, उनले सुनाईन् । ढकियामा धागो, मोती, कासको प्रयोग हुने गरेको र धागो र मोती आफैँले खरिद गर्नुपर्ने उनको भनाई छ । यो सीपलाई फुर्सदको समय सदुपयोग गरी काममा लगाउँदा जीविकोपार्जन सहज हुने उनको अनुभव छ ।
काठमाडौँ - ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् ।
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले...
कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबुजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबुजाखेती गर्दै आएका हुन्।
...काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आन्दोलनरत शिक्षकका मागप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसका सचेतक सुशीला थिङले शिक्षकहरूको जायज माग तत्काल सम्बोधन...
प्रतिक्रिया