दाङ - दाङमा रहेको एक मात्र विमानस्थल विगत ३ महिना देखि वन्द हुँदा हवाई यात्रुहरू मर्कामा परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित टरिगाउँ विमानस्थलमा विगत तीन महिनादेखि हवाई सेवा बन्द रहेको छ । जिल्लाको एक मात्र विमानस्थल टरिगाउँमा विमान आउन छोडेसँगै हवाई सेवा बन्द भएको हो ।हवाई सेवा बन्द भएपछि सेवाग्राही समस्यामा परेका छन् । टरिगाउँ विमानस्थल विगत तीन महिनादेखि बन्द हुँदा हवाई सेवाका लागि नेपालगन्ज वा भैरहवा जानुपर्ने बाध्यता सेवाग्राहीलाई छ ।
पछिल्लो समय हप्तामा दुई दिन आउँदै गरेको विमान पुस २ गतेपछि टरिगाउँ विमानस्थलमा आउन छोडेको नेपाल एयरलाइन्स स्टेसन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिए। उनका अनुसार नेपाल वायु सेवा निगमको जहाज २०८१ पुस २ गते अन्तिम पटक टरिगाउँ विमानस्थलमा अवतरण गरेको थियो । इन्चार्ज सुनारका अनुसार निगमका दुईवटा विमान बिग्रिएकाले उडानमा समस्या भएको छ ।
बिग्रिएका विमान बनेपछि नियमित उडान हुने भन्दै इन्चराज सुनारले भने, ‘छिट्टै नै कार्यतालिका प्रकाशन हुन्छ र विमान उडान हुनेछ ।’कार्यतालिका आएपछि हप्ताको कति दिन उडान हुने भनेर जानकारी हुने उनको भनाइ थियो ।
टरिगाउँ विमानस्थलमा २०११ देखि २०४२ सालसम्म नियमित उडान हुँदै आएमा २०५६ देखि २०५८ सालसम्म सेवा अवरुद्ध भएको थियो । सीता एयरले २०८० सालमा सेवा सुरु गरे पनि एक वर्ष नपुग्दै बन्द गरेको थियो ।
काठमाडौँ– निरंकुश राणाशासनको विरोधमा संघर्ष गर्ने क्रममा ज्यान गुमाएका चार शहीदको सम्झना गर्दै शहीद सप्ताह शुरु भएको छ।
तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शुक्राज शास्त्रीलाई...
रुकुमपूर्व । रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू ठप्प भएका हुन् ।
सडक अवरुद्ध...
काठमाडौं । नेपाली कांग्रेसले ५ मापदण्डको आधारमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ।
केन्द्रीय समितिको बैठकपछि ५ वटा मापदण्डको आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको उपसभापति विश्वप्रकाश...
काठमाडौ । कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने गौरवको अवस्था आएको बताएका छन् । नेपाली कांग्रेसको सभापति निर्वाचित भएपछि पदभार ग्रहण गर्दै थापाले पार्टीभित्र विभिन्न आरोह अवरोध भए पनि अब...
प्रतिक्रिया