काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कर्मचारीहरूले सुशासन कायम गर्नमा विशेष ध्यान दिनुपर्ने बताए ।
नेपाल निजामती कर्मचारी सङ्गठन, उद्योग, वाणिज्य तथा आपूर्ति विभागीय समितिको १२औँ अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले कर्मचारी सङ्गठनले सुशासन, पारदर्शिता र जबाफदेहिताको पैरवी गर्नुपर्ने बताए। कर्मचारीहरू आफ्नो जिम्मेवारीमा प्रतिबद्ध र वफादार भए मात्रै देशको अर्थतन्त्र सुधार हुने बताउँदै उनले अनलाइन प्रणालीबाट कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए । सेवाग्राहीले लाइन बसेर सेवा लिने प्रवृत्ति हटाउनुपर्ने मन्त्री भण्डारीको भनाई छ ।
सरकारले तय गरेको पूर्ण अटोमेशन प्रणाली प्रयोगमा ल्याउन कर्मचारीहरूलाई उनले निर्देशन दिए ।मन्त्री भण्डारीले कर्मचारीहरूको सङ्गठनलाई धुमिल स्थितिबाट उज्यालो अवस्थामा पुर्याउनका लागि सङ्गठनमा काम गर्न आग्रह गरे। सङ्गठनको अवधारणा, औचित्य, मर्म र भावनालाई अब्बल राख्नुपर्नेमा उनको जोड रहेको छ ।
काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए ।
सांसदहरुले महायज्ञको नाममा...
फिक्कल (इलाम) - अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ ।
हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुलखेती...
काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताए ।
‘सबैका लागि समयमै पूर्वसूचना’ नाराका...
झापा - एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ ।
एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले...
प्रतिक्रिया