११ चैत, २०८१
    {
राजनीति / गण्डकी प्रदेश / समाचार

‘लामो समय काँग्रेस–एमालेबीच सत्ता गठबन्धन भए राजनीतिक स्थायित्व हुन्छ’: देउवा

  • पुलेसो
  • २०८१, माघ २२ मंगलबार
‘लामो समय काँग्रेस–एमालेबीच सत्ता गठबन्धन भए राजनीतिक स्थायित्व हुन्छ’: देउवा

पोखरा - नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयसम्म काँग्रेस–एमालेबीच सत्तागठबन्धन भएमा राजनीतिक स्थायित्व हुने बताए ।

काँग्रेसका ७७ वटै जिल्लाका सभापति र प्रशिक्षण विभाग प्रमुखहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले मुलुकको स्थायित्वका लागि प्रतिस्पर्धी पार्टीसँग मिल्नुपरेको दाबी गरे ।नेपालको संविधान विश्वकै उत्कृष्ट भएको दाबी गर्दै संविधानको प्रयोगमा आएका केही कठिनाइ सम्बोधन गर्न संविधानको संशोधन आवश्यक रहेको उनको भनाई थियो । त्यसका निम्ति एमालेसँग सहमति भइसकेको र अन्य दललाई पनि मिलाएर अघि बढ्नुपर्ने सभापति देउवाको भनाई थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति अविश्वास गर्नुपर्ने कारण नरहेको उनले जनाए।सभापति देउवाले वर्तमान संविधानमा राखिएको संघीय लोकतान्त्रिक व्यवस्था उच्चतम व्यवस्था भएको प्रस्ट पार्दै समावेशी र समानुपातिक प्रणालीले सबै नागरिकका अधिकार समेटेको उल्लेख गरे । 

 

प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर खड्काले काँग्रेसले नै सङ्घीयताको नीति ल्याएको दाबी गरे। उनले सङ्घीयता अझै बलियो बनाएर लैजानुपर्नेमा समेत जोड दिए ।नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं नेपाली कांग्रेस गण्डकी प्रदेशको व्यवस्थापनमा भएको अभिमुखीकरणमा पार्टीको ७७ वटै जिल्लाका सभापति, जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापति गरी करिब २ सय जनाले भाग लिएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको...

काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए । 

सांसदहरुले महायज्ञको नाममा...

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूको आपत्ति

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

फिक्कल (इलाम) - अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ ।

हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुलखेती...

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील...

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताए ।

‘सबैका लागि समयमै पूर्वसूचना’ नाराका...

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

एसियाली राजमार्ग निर्माण : कामको गति...

झापा - एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ ।

एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले...

एसियाली राजमार्ग निर्माण : कामको गति सुस्त, लक्ष्य भेटाउन कठिन