११ चैत, २०८१
    {
राजनीति / सुदूरपश्चिम प्रदेश / समाचार

सुदूरपश्चिमको विकासबारे बालुवाटारमा छलफल

  • पुलेसो
  • २०८१, माघ २२ मंगलबार
सुदूरपश्चिमको विकासबारे बालुवाटारमा छलफल

धनगढी - प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको विकास र संवृद्धिका विषयमा आफू गम्भीर रहेको बताएका छन्। आइतवार राति करिब १ घण्टासम्म सुदूरपश्चिमको राजधानी, सहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय, औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह, सहिद घोषणा लगायतका विषयमा प्रधानमन्त्रीसँग बालुवाटारमा छलफल गरिएको हो।

सुदूरपश्चिम प्रदेशको विकासका विषयमा ६ बुँदे माग पत्र राखेका थिए। सुदूरपश्चिम प्रदेशको विकासका बारेमा बालुवाटारमा छलफल भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुदूरपश्चिमबाट सङ्घीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, पूर्व मन्त्री तथा प्रदेश सभा सदस्यहरूले भेट गरेका हुन।

दोधारा चाँदनी सुख्खा बन्दरगाह, दैजी छेला औद्योगिक क्षेत्र, महाकाली कोरिडोर, खुटिया दिपायल उरै मार्ग, सेती लोकमार्ग र दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणमा अझै तीव्रता दिनुपर्ने, देवाटबी पर्यटकीय सर्किट निर्माण गरिनु पर्ने मागहरू सुदूरपश्चिमको टोलीको थियो।

प्रदेशको राजधानी, प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग, विश्व विद्यालय लगायतको नेतृत्वमा प्रदेशको प्रतिनिधित्व सुनिश्चित गर्न, प्रदेशमा कम्पनी रजिस्ट्रारको कार्यालय र वाणिज्य कार्यालयको व्यवस्था गर्न पनि लिखित रूपमा प्रधानमन्त्री ओलीसँग आग्रह गरिएको छ।

दैजी छेला औद्योगिक क्षेत्र लगायतका केही विकास निर्माणमा रुख कटानी आदेश ढिला आउँदा काम प्रभावित भइरहेको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विकासमा बन बाधक नहुनेगरी नीतिगत सुधारको आवश्यकता रहेको बताएका थिए। उनले सुदूरपश्चिममा विकासले गति पाइरहेको भन्दै सुक्खा बन्दरगाह, औद्योगिक क्षेत्र र स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माण भए प्रदेशको कायापलट हुने बताएका थिए।

परराष्ट्र मन्त्री आरजु राणा देउवाले प्रदेशको विकासमा सबै एकमत हुनुपर्ने बताएकी थिइन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले प्रदेश सरकारले केही समय अघि बलदेव शाही (बाकाबीर) र लोकराज ढकाललाई सहिद घोषणाका लागि सिफारिस गरिएको भन्दै सहिद घोषणको लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए। यही प्रसङ्गमा पूर्व मुख्यमन्त्री रावलले ओमजंग विद्रोहको बेला राज्यबाट मारिएका बैतडीका बले रिचपल्यालाई पनि सहिद घोषणा गर्नुपर्ने बताएका थिए।

मुख्यमन्त्री शाहले राजधानी कार्यान्वयनमा देखिएको समस्या र दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयबारे पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्रीले ओलीले दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयबारे थप बुझ्न र निर्माण अघि बढाउन निर्देशन दिन संघीय स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई पनि बालुवाटार बोलाएका थिए।

ओलीले दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सुरु नहुँदा सुदूरपश्चिममा निर्माण गरिएका भौतिक संरचना प्रयोगविहीन हुन थालेको भन्दै यथाशीघ्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सुरु गर्नुपर्नेमा जोड दिए। संसद्मा रहेको यससम्बन्धी विधेयकलाई तत्काल पारित गरी आगामी आर्थिक वर्षभित्रै अध्ययन सुरु गर्नेगरी अघि बढ्नु पर्ने प्रधानमन्त्री ओलीको जोड थियो। उनले स्वास्थ्य मन्त्री पौडेललाई यस विषयमा अझै गम्भीर हुनु पर्ने बताएका थिए।

राजधानी कार्यान्वयनको विषयमा प्रधानमन्त्रीले प्रदेश सरकार र संसद्को विषय रहेको भन्दै प्रदेश स्तरबाटै हल गर्नुपर्ने बताए। ६ वर्ष पहिले प्रदेश सभाले पारित गरेको स्थानमा अझै राजधानी निर्माण हुन सकेको छैन। निर्णय गरिएको क्षेत्रमा बन क्षेत्र रहेको हुँदा भोगाधिकार नपाउँदा र अदालतमा मुद्दा परेको हुँदा त्यहाँ राजधानीको संरचना निर्माण हुन नसकेको बारे प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो।

प्रधानमन्त्रीले प्रदेश सभाबाट यसलाई हल गरिनुपर्नेमा जोड दिँदै कार्यान्वयन नहुने अवस्था सृजना भइरहे विकल्प समेत खोज्नु पर्ने हुनसक्ने सुझाव दिएका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि?

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको...

काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए । 

सांसदहरुले महायज्ञको नाममा...

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूको आपत्ति

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

फिक्कल (इलाम) - अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ ।

हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुलखेती...

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील...

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताए ।

‘सबैका लागि समयमै पूर्वसूचना’ नाराका...

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

एसियाली राजमार्ग निर्माण : कामको गति...

झापा - एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ ।

एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले...

एसियाली राजमार्ग निर्माण : कामको गति सुस्त, लक्ष्य भेटाउन कठिन