काठमाडौँ - उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको अवस्था परिवर्तनको निम्ति वर्तमान सरकार गठन भएको बताए।
कान्तिपुर सिटी कलेजले आज यहाँ आयोजना गरेको शैक्षिक प्रदर्शनीको उद्घाटन गर्दै उनले मुलुकमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन आउन नसकेको उल्लेख गरे । उपप्रधानमन्त्री सिंहले जनताको अवस्थामा आमूल परिवर्तन गर्नका लागि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले)मिलेर संयुक्त सरकार गठन गरिएको बताए। उनले देशको बारेमा नकारात्मक टिप्पणी मात्रै गर्नेभन्दा पनि प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समृद्ध नेपालको निम्ति लाग्न सबैमा अनुरोध गरे ।
“देशमा केही पनि भएन वा सम्भावना केही पनि छैन भन्ने होइन, मुख्य कुरा व्यवस्था नै परिवर्तन भएको छ, संविधानमा सबैको हक अधिकार सुनिश्चित भएको छ, अब देशको आर्थिक विकासलाई अगाडि बढाउँदै जनताको अवस्था परिवर्तन गर्नुपर्छ”, उपप्रधानमन्त्री सिंहले भने । देशभित्रै रहेको स्रोतरसाधन प्रयोग गरेर रोजगारी सिर्जना गरी विदेश पलायन भएका युवालाई स्वदेश मै रोजगारको अवसर सिर्जना गर्ने सरकारको मुख्य लक्ष्य रहेको उनको भनाइ थियो ।
नेपाली शैक्षिक प्रणालीलाई रोजगार तथा सिपमूलक र उत्पादनमुखी बनाउनु पर्नेमा जोड दिँदै उपप्रधानमन्त्री सिंहले समग्र शिक्षा प्रणालीलाई उत्कृष्ट बनाउनका लागि ऐन÷कानुन तथा नीति परिवर्तन गर्नु परेको खण्डमा सरकार तयार रहेको बताए।
कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले नेपालको शिक्षामा गुणस्तर वृद्धि गर्नका लागि पूरानै शैली वा परम्पराभन्दा पनि अध्यापन शैली नै परिवर्तन गर्नु पर्नेमा जोड दिए ।
काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कर्मचारीहरूले सुशासन कायम गर्नमा विशेष ध्यान दिनुपर्ने बताए ।
नेपाल निजामती कर्मचारी सङ्गठन, उद्योग, वाणिज्य तथा आपूर्ति विभागीय समितिको १२औँ अधिवेशन...
म्याग्दी - म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ ।...
लम्की - परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बनाउन छिट्टै काम सुरू हुने बताइन्।
कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज...
चितवन - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताए । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार...
प्रतिक्रिया